८ वैशाख २०८१ शनिबार
राजनीति

काम नपाएपछि जिल्ला फर्कंदै सांसद

काठमाडौं- प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं. २  का एमाले सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् । उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक साताअघि काठमाडौं आएका थिए ।

निर्वाचित भई खुसी भएर काठमाडौं आएका थुपै्र सांसद सरकार गठन प्रक्रिया र संसद् बैठक तत्काल बस्ने नदेखेपिछ निराश भएर जिल्ला फर्कन लागेका छन् ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठक बस्ने दिन अन्योल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला ।’  
दोलखाबाट निर्वाचित एमाले सांसद पार्वत गुरुङले पनि एकदुई दिनमा जिल्ला फर्कने बताए । काठमाडौं आएको चार दिन नबित्दै उनी जिल्ला फर्कन लागेका हुन् ।
एक साताअघि काठमाडौं आएका एमालेका सिन्धुली १ बाट निर्वाचित सांसद गणेश पहाडी पनि बुधबार जिल्ला फर्कंदैछन् । जिल्लामा निर्वाचित भएर मतदातासँग खुसीयाली मनाई काठमाडौं आए पनि यहाँ कुनै काम नभएपछि उनी फर्कन लागेका छन् ।
सिँचाइमन्त्रीसमेत रहेका कांग्रेस नेता तथा बर्दिया १ बाट निर्वाचित सञ्जयकुमार गौतमले बिहीबारको क्याबिनेट बैठकपछि जिल्ला फर्कने बताए । ‘अब हामी सरकार छोड्ने मनस्थितिमा छांै, तर अर्को सरकार नआउन्जेलसम्म बस्नैप¥यो,’ उनले भने । प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी एक साताअघि मात्रै काठमाडांै आएका थिए ।
माओवादी केन्द्रका अमनलाल मोदी त यो महिना काठमाडौं नआउने विचारमा छन् । उनले काठमाडौंमा आएर फर्कनुपर्ने अवस्था देखेर केही दिन जिल्लामै बस्ने निधो गरेका छन् । मोरङ क्षेत्र नं. ५ बाट उनी निर्वाचित भएका हुन् ।  
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई खुसी भएर काठमाडौं आएका थुपै्र सांसद सरकार गठन प्रक्रिया र संसद् बैठक तत्काल बस्ने नदेखेपिछ निराश भएर जिल्ला फर्कन लागेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने भएपछि काठमाडौं आएका निर्वाचित सांसद पुनः गृहजिल्ला फर्कन थालेका हुन् । एक सातादेखि सिंहदरबारभित्र नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको चहलपहल भएको थियो ।
निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा नगरेपछि उत्पन्न समस्याले अझै केही महिनासम्म संसद्को बैठक बस्न नसक्ने अवस्था आएको छ ।
एमालेका एक उच्च नेताले भने, ‘फागुनसम्म नयाँ सरकार गठन हुने अवस्था देखिएन ।’ तत्काल सरकार गठन नहुने अवस्था आएपछि प्रतिनिधिसभाको बैठक पनि बस्ने अवस्था हुँदैन । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना प्रत्यक्षतर्फको मंसिर २६  र समानुपातिकतर्फको पुस २ गते सम्पन्न भएको थियो ।  
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्नुअघि नवनिर्वाचित सांसद्ले सबैभन्दा जेष्ठ सदस्यबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्छ । शपथ नगरेसम्म प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकमा भाग लिन नपाउने व्यवस्था छ । 

प्रकाशित: २० पुस २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App