अमेरिकी समर्थकलाई मेस्सीको डर

सोमबार, ०६ असार २०७३, १६ : ०२

फक्सब्रर्ग–अमेरिकामा जारी कोपा अमेरिकामा हजारौं अमेरिकन समर्थकले अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसीको प्रर्दशनमा ताली पिट्दै उनलाई हौस्याउँदै आएका छन्। तर, तिनै हजारौं समर्थकलाई शनिबार राति होस्टनमा आफ्नो राष्ट्रविरुद्ध अर्जेन्टिना मैदानमा उत्रँदा मेसीकै डर हुनेछ।
मैदानमा खेलिरहँदा होस् या बेन्चमा बस्दा उनी सधैं समर्थकको आकर्षणको केन्द्र हुने गर्दछन्। समुह चरणको चिलीविरुद्धको पहिलो खेलमा बेन्चमा बस्दापनि  समर्थकले उनको नामको नारा लगातार  लगाई रहे। मेसीको व्यक्तित्वका कारण सोही खेलमा दुई गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शन भने छाँयामा परेको थियो।


समुह चरणको दोस्रो खेलमा पानामाविरुद्ध दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै मेसीले ह्याट्रिक गर्दा होस् वा भेनेजुएलाविरुद्धको क्वाटरफाइनल नै किन नहोस् उनको खेल हेर्न हजारौं समर्थक मैदानमा उपस्थित थिए। ती मध्य कयौं समर्थक विश्व चर्चित खेलाडी मेसीलाई एकपटक हेर्न मात्र भए पनि रंगशालामा आएका थिए। तिनै समर्थक शनिबारको गलत रात किन आयो भनेर शान्ताक्रुजलाई सराप्नेछन्। किन भने मेसी आयोजक अमेरिकालाई कोपा अमेरिकाको फाइनल प्रवेशमा रोक लगाउन तगारो बन्न सक्नेछन्।


अमेरिकी समर्थकलाई आफ्ना खेलाडीले मेसीलाई कसरी नियन्त्रणमा राख्छन् भन्ने चिन्ता छ । पूर्णरुपमा फिट नहुँदा पनि उनले सहज रुपमा खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। हाल उनी पूर्ण रुपमा फिट छन्। यस कारण अमेरिक समर्थक थप चिन्तित बनेका हुन्।
प्रतियोगिता अवधिभर अर्जेन्टिनाको जर्सी लगाउँदै मेसीको समर्थन गर्दै आएका अमेरिकी समर्थकहरु मैदानमा कुन रुपमा आउँछन् र कसलाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ ।

 









यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad