coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गोल्डस्टार ‘उत्कृष्ट ब्रान्ड’

काठमाडौं– १४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४ मा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ । पुस १३ गतेदेखि मंगलबारसम्म भएको एक्स्पोमा गोल्डस्टारले उक्त  अवार्ड पाएको हो । 
एक हप्तासम्म भएको एक्स्पोमा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकको ध्यानाकर्षणको साथै विभिन्न प्रकारका गोल्डस्टार जुत्ता ग्राहकसमक्ष प्रस्तुत गरी सर्वोत्कृष्ट ब्रान्डको पुरस्कार जितेको हो । किरण सुज म्यानुफ्याक्चरर्सका बजार व्यवस्थापक इरज श्रेष्ठले गोल्डस्टार जुत्ता नेपाली प्रयोगकर्तामाझ लोकप्रिय रहेको बताएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

 

प्रकाशित: २० पुस २०७४ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App