काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको डान्स रियालिटी सो ‘रियो छमछमी ३’ बाट बुटवल, रूपन्देहीका अविनास हमाल बाहिरिएका छन् । रूपन्देहीको अडिसनबाट छानिएर २ सय ७५ प्रतियोगीहरू बीचको मेगा अडिसनका लागि काठमाडौं आइपुगेका अविनासले आफूलाई उत्कृष्ट १० बाट अगाडि बढाउन सकेनन् ।
सोबाट बाहिरिएका उनले एलजीको ३२ इन्चको स्मार्ट टेलिभिजन पुरस्कार पाएका छन् । उनले आगामी दिनमा निरन्तर नृत्य क्षेत्रमै लागिपर्ने र निरन्तर साधनाबाट छमछमीको अर्को श्रृंखलामा विजेताका रूपमा आफूलाई प्रस्तुत गर्ने बताए । यो रियालिटी सोको प्रायोजन चौधरी ग्रुपको रियोले गरेको छ भने बजारीकरण की एडभरटाइजिङ सर्भिसेसले गर्दै आएको छ । ‘छमछमी’को चौथो र पाँचौ श्रृंखलासमेत प्रायोजन सम्झौता भइसकेको छ ।
यस रियालिटी सोमा प्रथम हुनेले डाट्सनको रेडी गो कार, दोस्रो हुनेले ५ लाख बराबरको एलजी होम एपलाइन्सेस, तेस्रो हुनेले ३ लाख बराबरको एलजी होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
प्रकाशित: २० पुस २०७४ ०१:१० बिहीबार