८ वैशाख २०८१ शनिबार
कला

रोयल्टी समाजलाई १५ हजार

काठमाडौं– क्लासिक एफएमले स्थापनाको २२ औं वार्षिकोत्सवमा संगीत रोयल्टी संकलन समाजलाई १५ हजार रुपैयाँ रोयल्टी प्रदान गरेको छ । एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले स्रष्टाको श्रमको कदर गर्ने परम्परा बसाल्नका लागि समाजका कोषाध्यक्ष लोकराज अधिकारीलाई १५ हजार रुपैयाँको चेक प्रदान गरिन् ।

कार्यक्रममा एफएमले पत्रकारद्वय गौरी केसी र धुव्र थापालाई ‘राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान २०७४’ बाट सम्मानित पनि गरेको छ । क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय राकेश लामिछानेको सम्झनामा एफएमले पत्रकारिता सम्मान स्थापना गरेको हो ।

ललितपुरमा आयोजित कार्यक्रममा गौरी र धुव्रलाई उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले सम्मानपत्र तथा नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरे । उपप्रधानमन्त्री थापाले सूचना सम्प्रेषण र मनोरञ्जनका लागि एफएम रेडियोको भूमिका महŒवपूर्ण रहेको भन्दै राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा क्लासिक एफएमको भूमिकाको प्रशंसा गरे । सम्मानित व्यक्तिद्वय केसी र थापाले क्लासिक एफएमले सुरुवात गरेको यो पत्रकारिता सम्मानले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने बताए ।

 

प्रकाशित: २० पुस २०७४ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App