४ वैशाख २०८१ मंगलबार
कला

इन्फिनिटीले बाँड्यो छात्रवृत्ति

काठमाडौं– सिंगापुरको इन्फिनिटी स्टुडियोले अस्कर इन्टरनेसनल फिल्म कलेजका ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । स्टुडियोले बुधबार कलेज परिसरमै आयोजित कार्यक्रमका स्टुडियो प्रतिनिधि स्यु मोले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरेकी थिइन् ।

यस वर्ष निपिल शर्मा, दिवस अम्गाइँ, बबिन दुलाल, आशिष लिम्बू र सन्दीप श्रेष्ठले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिबापत उनीहरूले जनही ३५ हजार रुपैंयाँ प्राप्त गर्नेछन् । अस्कर कलेज र इन्फिनिटी स्टुडियोले अघिल्लो वर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेका हुन् । अघिल्लो वर्ष कलेजका विद्यार्थीहरू अमेश भण्डारी, रिजन गजुरेल, मार्टिन भण्डारी, अंकित पौडेल र इशान भुसालले सो छात्रवृत्ति पाएका थिए ।

कार्यक्रममा बोल्दै स्यु मोले छात्रवृत्तिको रकम थोरै भए पनि यसले विद्यार्थीमा उर्जाको काम गर्ने बताइन् । ‘हामीलाई थाहा छ, यो पैसा ठूलो होइन तर यसले विद्यार्थीलाई उत्प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो । हामी आउँदा दिनमा पनि अस्कर कलेजसँग सहकार्य गर्न ईच्छुक छौं,’ उनले भनिन् । उनले फिल्म निर्माण रचनात्मक प्रक्रियाका साथसाथै व्यवसाय पनि भएकाले विद्यार्थीले सिर्जना र व्यापारलाई सँगसँगै लैजान सक्ने खुबीमा निखारता ल्याउन विद्यार्थीहरूलाई आग्रह गरेकी थिइन् ।

कलेजका प्रिन्सिपल विनोद पौडेलले सम्पूर्ण विद्यार्थीबाट ५ जनालाई मात्र छात्रवृत्ति दिनुपर्ने बाध्यताका कारण पाँच जनाको नाम छनोट गरिए पनि बाँकीले आफूलाई अयोग्य नसम्झन आग्रह गरे । ‘सबै विद्यार्थीमा उत्तिकै सम्भावना छ । हामीले छानेका ५ विद्यार्थी सक्षम र बाँकी अक्षम भन्ने होइन । योभन्दा ठूला पुरस्कारले तपाईंलाई पर्खिरहेका छन्,’ पौडेलले भने । अस्कर कलेज र इन्फिनिटीले अन्य प्राविधिक विषयमा पनि क्रमैसँग साझेदारी गर्दै जाने योजना रहेको उनले बताए । कार्यक्रममा विद्यार्थी निर्मित ५ छोटा फिल्म प्रदर्शन गरिएको थियो ।

 

प्रकाशित: २० पुस २०७४ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App