८ वैशाख २०८१ शनिबार
खेल

एपिएफको जितमा सावित्राको ८ गोल

काठमाडौं– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले बुधबारका खेल जित्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा स्थान पक्का गरेका छन् । 

सपना लामाको पाँच तथा शर्मिला थापामगरको चार गोलप्रेरित आर्मीले मध्यपश्चिमाञ्चल क्षेत्रमाथि १२–० को एकतर्फी जित हासिल ग¥यो ।

सपना लामाको पाँच तथा शर्मिला थापामगरको चार गोलप्रेरित आर्मीले मध्यपश्चिमाञ्चल क्षेत्रमाथि १२–० को एकतर्फी जित हासिल ग¥यो । दिनको पहिलो खेलमा सेनाका लागि दीपा राईले दुई तथा कप्तान कृष्णा खत्रीले एक गोल थपेका थिए ।
शर्मिलाले चौथो मिनेटमै अग्रता दिलाएको आर्मीका लागि कप्तान कृष्णाले ११औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । शर्मिलाले विपक्षी रक्षापंक्तिको गल्तीमा फाइदा उठाउँदै २६ र ३५औं मिनेटमा गोल थप्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन । उनले इन्जुरी समयमा पनि गोल गर्दै आर्मीको फराकिलो जितलाई क्लाइमेक्स दिएकी थिइन् । 

गोलको वर्षा भइरहेको महिला लिगमा आर्मीका लागि सपनाले ३८औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेकी थिइन् । उनले ५३औं मिनेटमा दोस्रो गोल गरिन् भने ७६औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । समय सकिन १० र ५ मिनेट बाँकी रहँदा उनले थप दुई व्यक्तिगत गोल गरेकी थिइन् । टोलीका लागि दीपाले २५ र २९औं मिनेटमा गोल गरेकी थिइन् । 

बुधबारकै अर्को खेलमा सावित्रा भण्डारीको गोल स्कोरिङ लयले निरन्तरता पाउँदा एपिएफले पश्चिमाञ्चल क्षेत्रलाई १४–० को नतिजामा निरीह पा¥यो । एपिएफमा सावित्रा एक्लैले आठ गोल गरेकी थिइन् ।  अघिल्लो खेलमा मध्य पश्चिमाञ्चलमाथि रबाफ जमाउँदा एक्लैले १२ गोल गरेकी सावित्राले बुधबार छैटौं मिनेटमा खाता खोलेकी थिइन् ।

२७ औं मिनेटमा दोस्रो गोल गरेकी उनले ३३औं मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरिन् । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत चौथो गोल गरेकी उनले ५० र ५४औं मिनेटमा लगातार गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । उनले ६६ र ८९औं मिनेटमा थप दुई गोल गरेकी थिइन् । बुधबारका गोलपछि उनी प्रतियोगितामा कुल २० गोलसहित उच्च गोलकर्ताको दौडमा सबभन्दा अगाडि छिन् ।

एपिएफका लागि रेखा पौडेल र अनिता केसीले दुई–दुई तथा रेनुका नगरकोटी र अनिता बस्नेतले एक–एक गोल थपे । रेखाले ३७ र ४०औं मिनेटमा गोल गरेकी थिइन् भने अनिता केसीले ५८ र ५९औं मिनेटमा गोल गरिन् । यसै गरी रेनुकाले ६५औं मिनेटमा गोल गर्दा अनिता बस्नेतले ७७औं मिनेटमा गोल गर्दै गोलकर्ताको सूचीमा नाम लेखाएकी थिइन् । 

बुधबारका जितपछि आर्मी र एपिएफ दुवै समूहका एक खेल बाँकी रहँदै समान ६ अंकका साथ सुपर लिगमा प्रवेश गरेका हुन् । शुक्रबार आर्मी र एपिएफबीच हुने खेलले समूहको विजेता टुंगो लगाउनेछ । 

 

प्रकाशित: २० पुस २०७४ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App