हिन्दी फिल्म खेल्दै बाहुबली

बुधबार, १९ पुष २०७४, १९ : ५४ एजेन्सी

मुम्बइ– बाहुबली फिल्मबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभास बलिउडमा डेब्यू गर्ने भएका छन्। 

प्रभासले हालै एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले ३ वर्ष अघिनै एक रोमान्टिक बलिउड फिल्ममा साइन गरेको खुलासा गरेका हुन्।

पछिल्लो समय फिल्म ‘साहो’को शुटिंगमा व्यस्त रहेका प्रभासले आफू छिट्टै बलिउडमा आउने बताए।

‘म अधिकतम हिन्दी फिल्म हेर्छु । म आफैँ पनि हैदराबादमा बस्छु,’ प्रभासले भनेका छन्– ‘हैदराबादमा ६० प्रतिशतले हिन्दी बोल्छन्। बलिउडबाट मलाई राम्रा अफर आएका छन्। मैले ३ वर्ष पहिले नै एउटा स्क्रिप्टमा साइन गरिसकेको छु। यो एक प्रेमकथामा आधारित फिल्म हो। जसको शुटिंग साहोपछि हुनेछ।’

उक्त फिल्मकाे सुटिङकाे विषयमा बाेलेपनि उनले फिल्म  निर्माता तथा निर्देशककाे विषयमा भने केही खुलाएका छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘साहो’को शुटिंग सकिएपछि प्रभासले बलिउड फिल्म खेल्नेछन्। प्रभास बाहुबली र बाहुबली २ बाट विश्वभर चर्चित छन्।







यसमा तपाईको मत


अन्य समाचार

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...