coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्‍यो : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताए। ‘नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो,’ दाहालले भने– ‘तर मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन।’

पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गएको स्मरण गर्दै उनले जनताको अनुमोदन त्यसैको निम्ति भएकाले आफू अहिले गठबन्धनभन्दा बाहिर जाननसक्ने स्पष्ट पारे।

भर्खरै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने चर्चा भइरहँदा कांग्रेसले गठबन्धन तोड्न प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो। 

‘निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन बुझाउनुपर्छ’

यस्तै, अध्यक्ष दाहालले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि जनाए। ‘परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो,’ उनले भने।

कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको उनको भनाई छ।

पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए । 

प्रकाशित: १९ पुस २०७४ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App