८ वैशाख २०८१ शनिबार
समाज

लक्की ड्रमा परेको भन्दै ठगी गर्ने तीन पक्राउ

ठगी मुद्दामा सार्वजनिक गरिएका अभियुक्तहरू । तस्बिर : उपेन्द्र यादव

बारा – सर्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिएर सामाजिक संजालको माध्यमबाट ठगी गर्ने तीन जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका मध्ये दुई जना नेपाली र एक जना भारतीय रहेको पत्रकार सम्मेलनमा बताइएको छ।

सार्वजनिक गरिएकाहरूमा वीरगन्ज महानगरपालिका १८ सुखचैना निवासी संजय राम, २१ ताजपुरका अफताब आलम र भारत विहार मोतिहारी जिल्ला पलनवा थाना लक्ष्मीपुरका कमलेश यादव रहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।
लक्की ड्र परेको भनेर झुक्याएर देशका विभिन्न भागमा बसोबास गर्ने सर्वसाधारणलाई आइएमइबाट रकम मगाएर सम्पर्क विहीन भएर ठगी गर्ने कार्य गर्दै आएको अवस्थामा तीनै जनालाई नियन्त्रणमा लिइएको बैदवारले बताए। 

सर्वसाधारणहरुले आइएमई बाट रकम पठाए पनि पछि लक्की ड्र परेको भनिएका समानहरू नपाएपछि आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्दा तीनै जना पक्राउ परेको हो ।  ठगी गर्ने अभियुक्तहरूलाई ठगी ऐन अन्तर्गत कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए। 

अभियुक्तहरुलाई बुधवार जिल्ला अदालत बाराबाट ६ दिनका लागि म्याद थप गरी थप अनुसधानका लागि प्रहरी हिरासतमा राखिएको छ।
 

प्रकाशित: १९ पुस २०७४ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App