coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फिल्म फ्लप भए निर्मातालाई पैसा दिने अभिनेता

मुम्बई – राजनीतिमा आउने घोषणासँगै दक्षिण भारतीय सुरपरस्टार रजनीकान्त अहिले चर्चामा छन्। 

बस कन्डक्टरदेखि फिल्मी दुनियाँको सुपरस्टार बनेका रजनीकान्तले टिकट काट्ने स्टाइलका कारण फिल्ममा चान्स पाएका थिए। 

अभिनयको कुनै ज्ञान नभएर पनि सुपरस्टार बनेका उनी आफ्नो स्टाइल, पंक्चुएलिटी, सेन्स अफ ह्युमर, सादगी आदिले प्रख्यात छन्।  

यति मात्रै होइन रजनीकान्त आफ्नो कुनै फिल्म फ्लप भए निर्मातालाई उल्टै पैसा दिन्छन्। जसका कारण निर्माताहरू पनि उनीसँग फिल्म निर्माण गर्न लालायित हुन्छन् ।

सामाजिक क्षेत्रमा पनि उनको उतिकै योगदान छ। उनले आफ्नो ६५औं जन्मदिनमा चेन्नईका बाढीपीडितलाई १० करोड रुपैयाँ दिएका थिए।

प्रकाशित: १९ पुस २०७४ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App