coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विषयमा शान्तिसँग वार्ता गर्न तयार नरहेको भन्दै ट्रम्पले सहयोग रोक्ने बताएका हुन्।

जेरुसेलमलाई इजरायलको राजधानी बनाउने अमेरिकी घोषणाको प्यालेस्टाइनबाट विरोध भएपछि ट्रम्पले ट्वीटरमा अमेरिकी सहयोगको कुनै सम्मान र प्रशंसा नभएको भन्दै रोक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

डिसेम्बरमा ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने घोषणा गरेपछि प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले मध्यपूर्वका लागि कुनैपनि अमेरिकी शान्तिवार्ता स्वीकार नगर्ने बताएका थिए। 

संयुक्त राष्ट्रसंघमा पनि जेरुसेलम मुद्दामा अमेरिकी निर्णयको निन्दा गरिएको थियो भने १२८ देशले विपक्षमा मतदान गरी अस्वीकार गरेका थिए। 

जेरुसेलम संसारकै चुनौतिपूर्ण ठाउँमध्येको एक हो। इजरायल जेरुसेलमको पुरै शहरलाई आफ्नो दाबी गर्दै आएको छ भने प्यालेस्टाइन पूर्वी जेरुसेलम आफूले पाउनुपर्ने भन्दै आएको छ। 

यस्तो बेला जेरुसेलमलाई इजरायलको राजधानी मान्ने ट्रम्पको निर्णयले यो क्षेत्रमा अशान्ति फैलन सक्ने चिन्ता गरिएको छ।

प्रकाशित: १९ पुस २०७४ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App