coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरुमा बस र ट्रक ठोक्कियो, ४८ को मृत्यु

लिमा – पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ। 

पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए । 

दुर्घटनापछि सो बस एक सय मिटर गहिराइमा झरेको बताइएको छ। गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत यस घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार
 माध्यमले जनाएको छ। 

पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्किले यस घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। 

यस घटनाले आफूलाई अन्त्यतै दुःखी बनाएको पनि उनले बताए। यस घटनाबाट सात जनालाई भने जिवीतै उद्धार गरिएको थियो । पेरुको नौसेनाले अन्य उद्धारकर्ताको सहयोगबाट उद्धारकार्य जारी राखेको बताएको छ। 

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई पनि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको बताएको छ। पेरुमा सन् २०१६ मा भएको सडक दुर्घटनामा दुई हजार ५०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। 

उद्वारकार्यलाई सशक्त बनाउन राष्ट्रपति पाब्लोले निर्देशन दिएका छन्। यसका लागि पेरुको नौसेना लागिपरेको छ। 

त्यस्तै यहाँको प्रहरीले पनि हेलिकोप्टरको माध्यमबाट उद्वारकार्य जारी राखेको जनाएको छ। 

निकै तीब्र गतिमा आएको बस ट्रकसँग ठोक्किएपछि सडक किनारबाट समुद्री तटमा खसेको थियो। दुर्घटनास्थल निकै अप्ठरो भएकोले उद्वारकार्य पनि गाह्रो भएको बताइएको छ। 

प्रकाशित: १९ पुस २०७४ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App