coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सीमाकंन आयोगको प्रतिवेदन भदौभित्र कार्यान्वयन भइसक्नुपर्छः निर्वाचन आयोग

काठमाडौं–तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले मंगलबार सरोकारवालासँग गरेको छलफलमा  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले  यसअघिको सरकारले प्रस्ताव गरेको निर्वाचन तोकिएको मिति मै गर्न सीमाकंन आयोगको प्रतिवेदन भदौभित्र कार्यान्वयन भइसक्नुपर्ने बताएका हुन्।

‘अहिलेसम्म आयोगले प्रतिवेदन बुझाएको छैन,’ उनले भने,‘तोकिएको मितिमा निर्वाचन गर्न भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ।’

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक चाँडो पारित गर्नसमेत आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले आगामी निर्वाचनलाई लक्षित गरी ६ वटा कानुनको ड्राफ्ट सरकारलाई बुझाएको जनाउँदै चाँडो कानुन पारित गर्न आग्रह गरे। ‘मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ,’ उनले भने।

उनले स्थानीय निकायको निर्वाचन नभइ राष्ट्रिय सभाको निर्वाचन हुन नसक्ने र राष्ट्रिय सभाको निर्वाचन नभइ संघीय प्रदेशको निर्वाचन हुन नसक्ने भन्दै चाँडो कानुन बनाउन आग्रह गरे। सीमाकंन आयोगको कामप्रति राजनीतिक दलले आपत्ति जनाउँदै आएका छन्। आयोगले मंगलबार पूर्व निर्वाचन आयुक्त, कानुनविद्, राजनीतिक दलका नेतासँग छलफल गरेको हो।

 

 

प्रकाशित: २५ श्रावण २०७३ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App