८ वैशाख २०८१ शनिबार
खेल

महिला लिगमा आजपनि २ खेल हुँदै

काठमााडौं– राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन । 
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मध्यपश्चिमाञ्चलको सामना गर्दैछ ।  त्यस्तै आजकै दोस्रो खेलमा एपीएफले पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्दैछ । 
प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस र मध्यमाञ्चल विजयी भएका थिए । राखेपद्धारा आयोजित प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र कोचलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने एन्फाले जनाएको छ ।

 

प्रकाशित: १९ पुस २०७४ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App