७ वैशाख २०८१ शुक्रबार
अर्थ

हवाई भाडा नबढ्ने

काठमाडौं– निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरे पनि हवाई भाडा नबढाउने जनाएका छन् । 
वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार विज्ञप्ति जारी गरी आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरे पनि ‘फ्युल सरचार्ज’ नबढाउने जनाएको हो । वायुसेवाले फ्युल सरचार्ज भने पनि यात्रुले यसलाई हवाई भाडाकै रूपमा लिने गरेका छन् । 
‘सरकार र वायुसेवा कम्पनीबीच हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटबढ भए त्यहीअनुसार फ्युल सरचार्ज पनि घटबढ गर्ने सहमति छ,’ विज्ञप्तिमा छ, ‘अहिले हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएका कारण फ्युल सरचार्ज नबढाउने निर्णय भएो छ ।’ आयल निगमले सोमबार मध्यरातबाट लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरी ९० रुपैयाँ पु¥याएको थियो । 

 

प्रकाशित: १९ पुस २०७४ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App