८ वैशाख २०८१ शनिबार
खेल

सनसँग कुरा गर्दिनँ : क्लोप

बर्लिन- लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना रक्षक डेजान लोभरेनको व्यक्तिगत जीवनको विषयमा लेख प्रकासित गरेका कारण बेलायती ट्याबलोइड दी सनसँग कुरा नगर्ने बताएका छन्। दी सनले क्रोएसियाका अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो वैवाहिक जीवन बचाउने प्रयासमा कसरी फ्रान्समा जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप गुमाए भन्ने विषयमा विस्तृत लेख प्रकासित गरेको थियो। व्यक्तिगत विषय सार्वजनिक गरेर दी सनले व्यावसायिक मर्यादा नाघेको बताउँदै क्लोपले उक्त पत्रिकाका कुनै पनि पत्रकारले सोधेका प्रश्नको जवाफ नदिने बताएका हुन्। आइतबार आर्सनल भ्रमणबाट प्रिमियर लिगको नयाँ सिजन सुरु गर्ने तयारीमा रहँदा उनले दी सनलाई बहिष्कार कति समयका लागि भन्ने प्रस्ट पारेका छैनन्।

'मानिस जतिसुकै सेलिब्रिटी भए पनि जीवनमा त्यसको महŒव हुँदैन। ठूल्ठुला सार्वजनिक व्यक्तिहरूको पनि व्यक्तिगत जीवन हुन्छ र यसको सबैले सम्मान गर्नुपर्छ,' आइतबार मैत्रीपूर्ण खेलमा लिभरपुलले मेइन्जमाथि ४–० को जित पाएपछि क्लोपले भने, 'कहिलेकाहिँ मानिसलाई निजी विषयको धेरै महŒव हुन्छ। मेरो विचारमा विश्वमा ८० लाख पत्रिका छन्। यस्तोमा केहीसँग नबोल्दैमा मलाई केही फरक पर्ने छैन।'

दी सनलाई बहिष्कार गर्ने क्लोपको निर्णय शनिबारबाटै लागू भइसकेको थियो। शनिबार वेम्बलीमा बार्सिलोनामाथि ४–० को जित पाएपछि उनले दी सनका एक रिपोर्टरको प्रश्नको उत्तर दिन मानेनन्। 'म दी सनका कोहीसँग अब कुरा गर्ने छैन,' गत अक्टोबरबाट लिभरपुलको बागडोर सम्हाल्दै आएका क्लोपले वेम्बलीमा आयोजित पत्रकार सम्मेलनमा भने, 'यो व्यक्तिगत कुरा होइन। तिमी अझै दी सनमा काम गर्छौ होइन? त्यसैले, तिमीहरू सुन्न सक्छौं र आफूलाई चाहेको कुरा लेख्न सक्छौं।'

लिभरपुलमा दी सन अत्यन्तै अलोकप्रिय छ। १९८९ अप्रिलको हिल्सब्राउ दुर्घटनाको समाचार लेखनशैलीका कारण मर्सिसाइडमा दी सनलाई मन पराइन्न। त्यसैले क्लोपको यो निर्णय लिभरपुलका समर्थकका लागि स्वागतयोग्य हुनेछ।

प्रकाशित: २५ श्रावण २०७३ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App