४ वैशाख २०८१ मंगलबार
अन्य

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

काठमाडौं- खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

बज्राचार्य फुटबल रेफ्रीका साथै कबड्डी प्रशिक्षक र रेफ्रीसमेत थिए।

नयाँ बजारस्थित समाज कल्याण खेलकुद केन्द्र क्लबको मैदानमा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

शनिबारसम्म चल्ने प्रतियोगितामा छात्रतर्फ २२ र छात्रातर्फ १६ विद्यालयटोलीले खेल्नेछ्न। एउटा विद्यालयको कबड्डी टोलीमा १० खेलाडी, प्रशिक्षक र ब्यवस्थापक तर्फ समान १ गरी १२ जना रहनेछन।

पहिलो पल्ट गर्न लागेको प्रतियोगितामा नेपाल आर्मीले १० र भक्तपुर जिल्ला कबड्डी संघले १० अफिसियल सहयोग गरेको आयोजक काठमाडौं जिल्ला कबड्डी संघका अध्यक्ष नरेन्द्र मानन्धरले बताए।

प्रतियोगिताले नेपालमा कबड्डीको विकासमा सहयोग गर्ने आयोजक  काठमाडौं जिल्ला कबड्डी संघका अध्यक्ष मानन्धरले बताए। उनले भने, 'कबड्डीप्रतियोगिता नेपालमा धेरै हुदैन। प्रतियोगिता गर्न आर्थिक रुपमा पनि कठिन छ। प्रायोजकको पनि धेरै चासो छैन। तर यसमा लागेका खेलकर्मीको सहयोगले प्रतियोगिता गदैछौं।'

करिब २ लाख ५० हजार अनुमानित खर्च रहेको प्रतियोगितामा खेलाडीलाई नगद पुरस्कार दिन पनि कठिन भएको मानन्धरले बताए। प्रायोजकले आर्थिक रुपमा सहयोग गरे प्रतियोगिताको विजेतालाई ५ हजार, उपविजेता टोलीलाई ३ हजार र तेस्रोलाई २ हजार दिने योजना रहेको मानन्धरले सोमबार पत्रकार सम्मेलन बताए।

प्रकाशित: २५ श्रावण २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App