४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

राेमाञ्चक राेपाइँ (फाेटाे फिचर)

काठमाडौं– मनसुनको आगमनसँगै किसानहरुमा नयाँ जोश तथा हर्ष थपिएको छ। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरुलाई भ्याई नभ्याई छ।

बिहानको सूर्योदयदेखि अस्तसम्म खेतमै व्यस्त रहने कृषक हिलो र पानी खेल्दै तथा असारे भाकामा गाउँदै थकान भुलाउने गर्दछन्।

सरकारले कृषकलाई प्रोत्साहन गर्न केही वर्ष पहिलेदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ। याे दिन कृषकहरु दही–चिउरा खाएर पनि धान दिवस मनाउने गर्छन्।

विस्तारै र ढिलै भए पनि सरकारले देशमा कृषको योगदान र भूमिकाको कदर हुने अवस्था सिर्जना हुँदै गएको छ। पछिल्लो समय नेपालको कृषि क्षेत्र निर्वाहमुखीबाट व्यवसाय आधारित बन्दै गएको छ। आइतबार भक्तपुरको चाँगुनारायण क्षेत्रमा रोपाईंका यी रोमान्चक दृश्य देखिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App