८ वैशाख २०८१ शनिबार
खेल

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल च्याम्पियन

इटहरी– अन्तर्राष्ट्रिय ओपन फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सफलता प्राप्त गरेको छ । इटहरी रंगशालाको कर्भडहलमा मंगलबार सकिएको खेलमा नेपालले ५७ स्वर्ण, ४२ रजत र ५२ कास्य जितेर च्याम्पियन भएको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाइएको खेलमा नेपालका तर्फबाट मैत्री टीमले ११ स्वर्ण, आठ रजत र ११ कास्य जित्यो । यस्तै, नेपाल आर्मीले १० स्वर्ण, ६ रजत र १२ कास्य जित्यो । अन्तर्राष्ट्यि फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटीसी) ले आयोजना गरेको प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले आठ स्वर्ण, पाँच रजत र तीन कास्य जित्यो । यस्तै, चुनीखेल टीमले सात स्वर्ण र तीन–तीन रजत तथा कास्य पदक जितेको छ । 

प्रतियोगितामा नेपालकै तर्फबाट झापाले तीन–तीन स्वर्ण र रजत पदक जित्यो भने चार कास्य पदक जित्यो । यस्तै, इलामले दुई रजत र पाँच कास्य पदक जितेको छ। चितवनले सात स्वर्ण, आठ रजत र सात कास्य पदक जित्यो । सुनसरीको धरानले सात स्वर्ण, चार रजत र एक कास्य पदक जित्यो । मोरङ रमाइलोको टीमले तीन–तीन स्वर्ण र रजत पदक जितेको छ भने छ कास्य पदक जित्न सफल भएको छ । 

नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशका खेलाडीकोे सहभागीता रहेको प्रतियोगितामा अमेरिकाले चार स्वर्ण, तीन रजत र एक कास्य पदक जितेर दोस्रो भएको छ। प्रतियोगितामा वंगलादेश चार स्वर्ण, दुई रजत र तीन कास्य जितेर तेस्रो भएको छ। 

फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा पुरुषतर्फ भारतका अभिषेक यादव उत्कृष्ट खेलाडी भए । उत्कृष्ट महिला खेलाडी नेपालकी दिक्षा ठकुरी भइन् । यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय महिला रेफ्रि बिमला भण्डारी, पुरुष रेफ्रि सुन्दरमणी पटेल, उत्कृष्ट राष्ट्रिय महिला रेफ्रि विद्या राई र पुरुष रेफ्रि रेशमकुमार पुन मगर भए । प्रतियोगितामा उत्कृष्ट सवैले जनही ५०–५० हजार नगद पाए । पुमसेतर्फ महिलामा सीना मादेन र पुरुषतर्फ वेदासी दास भए । दुवैले २५–२५ हजार नगद पाए ।

यस्तै, वेष्ट कोच महिला नेपालकी विकिस विडारी र पुरुषतर्फ एम सौरभकुमार सिंह भए । दुवैले २५–२५ हजार नगद पाए । बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार बिष्टले नगद पुरस्कार, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले गरेका थिए । 

अमेरिकाको पोर्टल्यान्डमा स्थाापना भएको आयोजक संस्थाले प्रतियोगिताका यस अघिका ११ औैं संस्करणका प्रतियोगिता मध्ये नेपालमा पहिलो काठमाडौं, दोस्रो पोखरा र आठौं संस्करण काठमाडौंमा रहेको थियो ।
 

 

प्रकाशित: १९ पुस २०७४ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App