coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारको मौनताप्रति ट्रान्सपरेन्सीको चिन्ता

काठमाडौ– पछिल्लो समय मुलुकमा भ्रष्टाचार बढेको तथ्य आमसञ्चारका विभिन्न माध्यमले दिनहुँ सार्वजनिक गरिरहँदा पनि सरकार मुकदर्शन बनेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आपत्ती जनाएको छ । 
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार विज्ञप्ति जारी गर्दै भनेको छ, 'नागरिक न्युज डट कममा पुस १० गते प्रकाशित जनताको करबाट कमिशन  र अखवारले करोडौ रकम घुस लेनदेन भएको समाचार प्रकाशन प्रसारण गर्दा पनि सरकार मौन रहनु चिन्ताको विषय हो।'
नागरिक न्युज डट कममा प्रकाशित समाचारमा आर्थिक वर्ष २०७२÷७३ मा १ खर्ब ५६ अर्ब विकास खर्च भएको मध्ये कम्तिमा १६ अर्ब रुपैयाँ र गत आर्थिक वर्षमा पूर्वाधार निर्माण तथा अन्य मेसिनरी सवारी साधन जस्ता पूँजीगत शीर्षकमा भएको खर्च रु २ खर्ब ४ अर्ब मध्ये करिब २० अर्बभन्दा बढी रुपैयाँ कमिशन प्रतिशतस्वरुप घुस दिइएको उल्लेख गरिएको छ । यो रकम सम्बन्धी लेनदेनको जालोमा कर्मचारी, निर्माण कार्यको अनुगमन गर्ने इन्जिनियरदेखि विभागीय प्रमुख, महानिर्देशक, सचिव, मन्त्री, अख्तियारका कर्मचारी र राजनीतिक दलका कार्यकर्तादेखि प्रमुखसम्म रहेकाले संस्थागत रुपमै बाँडफाँड भएको जनाइएको छ । यस्ता सामग्री गम्भीर अध्ययन विना उजागर गर्न सम्भव हुँदैन ।

प्रकाशित: १८ पुस २०७४ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App