coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘चिना हराएको मान्छे’ पढेर भावुक भएँ

हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ लोकप्रिय रहेकी अभिनेत्री हुन्, रञ्जिता गुरुङ । उनले दशगजा, परदेशी, गोरखा पल्टन लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । केही चलचित्र प्रदर्शनका क्रममा छन् । उनै अभिनेत्रीले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन् ।
मन परेको ठाउँ
मलाई गोरखा जिल्ला मन पर्छ किनभने आफू जन्मेको ठाउँ सधैँ प्रिय नै लाग्छ  ।
प्रिय नेता
मलाई डा. बावुराम भट्टराई मलाई प्रिय लाग्छन् । उनले गोरखा जिल्लालाई चिनाउने काम गरेका छन् ।
मन परेको पुस्तक
मलाई हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ असाध्यै मन प¥यो । किताब पढ्दापढ्दै भावुक भएको छु । ‘मुनामदन’ चाहिँ स्कुलमा छँदा पढेकी थिएँ । अहिले पनि उत्तिकै राम्रो लाग्छ  ।
पछिल्लो पटक पढ्नु भएको उपन्यास
मैले अश्विनी कोइरालाले भर्खरै बजारमा ल्याउनु भएको ‘प्रेमालय’ पढ्दै छु । पढेर सक्किइसकेको छैन । जति पढेँ, राम्रो लागेको छ ।
मन परेको लेखक
लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल ।
भेट्न चाहेको तर भेट्न नसकेको अभिनेता
शाहरुख खान । उहाँको एक्टिङको फ्यान हो म । चाहेर नि भेट्न सकेको छैन ।
नेपालको घुम्न मन लागेको ठाउँ
मुस्ताङ घुम्न एकदमै रहर लागेको छ । फुर्सदको समयमा घुम्न जाने योजना छ ।
मन पर्ने सवारी साधन
मलाई प्रायः सबै मन पर्छ । विशेष गरी स्कुटर र कार ।
मनपर्ने हेयर स्टाइल
आर्मी कटको हेयर स्टाइलले त मलाई भुतुक्कै पार्छ ।
कुन कलरको कार मन पर्छ
 रातो कलर भएको कार मलाई मन पर्ने हो ।
ड्रेसमा
मलाई साधारण पहिरन नै मन पर्छ । कुर्था सुरुवाल र साडी ।
हेरिरहुँ लाग्ने चलचित्र
मैले हेरेको चलचित्र ‘कबडी कबडी’ एकदम रमाइलो विषयवस्तु छ । कलाकारको अभिनय र कथावस्तु सबैको मेल खाएको छ । म यो फिल्म जति पटक पनि हेर्न सक्छु ।
प्रिय अभिनेत्री  
मलाई नायिका करिश्मा मानन्धर एकदमै मन पर्छ । सानालाई माया गर्ने अनि ठूलालाई आदर गर्ने उहाँको त्यो बानी मलाई मनपर्छ ।
प्रस्तुति :भोला अधिकारी 

प्रकाशित: १८ पुस २०७४ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App