coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी बैठकमा 'हैसियत' को चिन्ता

काठमाडौं-  नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेकपा एमालेसँग हुने भनिएको एकताको तयारी कसरी गर्ने भन्नेबारे छलफल भएको छ। मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा पार्टी एकताको बारे दाहालले सचिवालय सदस्यलाई 'ब्रिफिङ' गरेका थिए। दाहालले पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपनि आन्तरिक छलफल भइरहेको बताएका थिए। बैठकमा दाहालले सरकार गठन ढिलो हुने देखिएको भन्दै एमाले अध्यक्ष ओलीले पार्टी एकता छिटो गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए। 'सरकार गठन ढिलो हुने भयो, पार्टी एकता छिटौ गरौं ओली कमरेडले भनिरहनु भएको छ', दाहाललाई उदृत गर्दै एक नेताले भने ।

पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि अध्यक्ष ओलीको स्वास्थको कारण बस्न नसकिएको र अनुकुल भएमा वुधबार बस्ने दाहालले बैठकमा जानकारी गराए। दाहालले बैठकमा पदको बाँडफाँट अझै नटुंगिएको बताएका थिए। बैठकमा अधिकांस नेताहरुले एकतापछिको हैसियबारे चिन्ता व्यक्त गरेका थिए।

दाहालले बैठकमा पदको बाँडफाँट अझै नटुंगिएको बताएका थिए। बैठकमा अधिकांस नेताहरुले एकतापछिको हैसियबारे चिन्ता व्यक्त गरेका थिए।

यस्तै दुई पार्टीको संगठनात्मक कार्यलाई टुंग्याउन कार्यदल बनाउने र त्यसले पार्टी एकता र नेताहरुको व्यवस्थापनको खाका बनाउने गरी छलफल चलेको बैठकमा नेताहरुलाई दाहालले बताएका थिए। पार्टीदेखि जनवर्गीय संगठनसम्मको खाका बनाएर व्यवस्थापन गर्नेगरी छलफल अघि बढेको दाहालले बताएका थिए। एकताको लागि ६ बुँदे वक्तव्यलाई आधार मान्ने, पार्टीका निर्वाचन घोषणापत्रलाई आधार मानेर तत्काल अघि बढ्ने गरी छलफल अघि बढेको र त्यसै अनुसार सर्कुलर गर्न दाहालले निर्देशन दिएका थिए। रणनीतिक एकताको लागि न्यूनतम सहमति गर्ने र महत्वका विषयलाई पछि छलफलमा लगेर टुंग्याउनेबारे बैठकमा छलफल भएको छ। माओवादी बैठकमा अधिकांस नेताहरुले इतिहासको मूल्याङकन हुनुपर्नेमा जोड दिएका थिए।

प्रदेशको केन्द्र र प्रदेश प्रमुख तोक्ने विषयमा राजनीतिक दलहरुबीच सहमतिका साथ अघि बढ्नु पर्ने माओवादीले धरणा बनाएको छ।  यसबारे प्रधानमन्त्रीले आज बैठक समेत बोलाएका छन्। उक्त बैठकमा माओवादीले सहमतिको एजेन्डा राख्ने दिनानाथ शर्माले बताए।

माओवादीमा दुई कार्यदल

नेकपा माओवादी केन्द्रले पोलिटव्यूरो र सचिवालयलाई पूर्णता दिन कार्यदल बनाएको छ। सचिवालय बैठकले नेता रामबहादुर थापाको संयोजकत्वमा टोपबहादुर रायमाझी, मात्रिका यादव, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत र सावित्री काफ्ले सदस्य रहेको कार्यदल गठन गरेको हो। कार्यदलले पोलिटव्यूरो र सचिवालयबारे प्रतिवेदन पेश गर्ने दिनानाथ शर्माले जानकारी दिए। पछिल्लो पटक एकतामा आएकाहरुको कार्यक्षेत्र र पार्टी हैसियतबारे पनि कार्यदलले तय गर्ने शर्माले बताए। कार्यदलको रिपोर्टबारे पार्टी सचिवालयले अन्तिम निर्णय लिने छ। माओवादीले पार्टीको संरचनात्मक सुधार गर्ने भन्दै उक्त कार्यदल बनाएको हो। नेकपा एमालेसँग हुने भनिएको पार्टी एकतामा संगठनात्मक अवस्थालाई व्यवस्थित बनाउन समेत उक्त समितिले काम गर्नेछ।

यस्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको अन्तर्घात र हारबारे छानविन गर्न समेत माओवादीले समिति बनाएको छ। माओवादी नेता मणी थापाका अनुसार अमिक शेरचनको नेतृत्वमा बनेको समितमा लिलामणी पोखरेल, हितराज पाण्डे, रेखा शर्मा, गणेश साह लगात रहेका छन्।

प्रकाशित: १८ पुस २०७४ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App