coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नागरिकको स्कूटर खनाललाई

ग्राहक योजना अन्तर्गतको बम्पर उपहार स्कूटर हस्तान्तरण गर्दै उद्योगपति राउत। तस्बिर: चुमन बस्नेत

विराटनगर- नेपाल रिपव्लिक मिडिया प्रालिले ग्राहक योजना अन्तर्गत बम्पर उपहारमा स्कूटर जितेकी झापा, विर्तामोडकी सेलिना खनाललाई प्रदान गरेको छ। प्रालिको क्षेत्रीय कार्यालय, विराटनगरमा आयोजना गरिएको एक समारोहमा खनाललाई स्कूटर हस्तान्तरण गरिएको हो।

पूर्वाञ्चलका ग्राहकलाई लक्षित गरेर नेपाल रिपव्लिक मिडियाले लागु गरेको बार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार खनालले प्राप्त गरेकी थिइन् । प्रदेश नम्बर १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं उद्योगपति राजेन्द्र राउतले खनाललाई स्कूटरको साँचो हस्तान्तरण गरे । महिन्द्रा कम्पनीको एकसय २५ सिसिको गुस्टो स्कूटर बम्पर उपहारमा उनले प्राप्त गरेकी थिइन्।

‘नागरिक दैनिकको समाचारको प्रस्तुती र पूर्वेली संस्करणले नेपाल रिपव्लिक मिडियाले सबैको मन जितेको छ,’ उद्योगपति राउतले भने, ‘ग्राहकलाई समेत उपहार प्रदान गरेर नागरिक दैनिकले अझ विश्वास आर्जन गरेको छ ।’ उपहार बिजेता ६ वर्षिया सेलिनाका बुवा निरज खनालले ग्राहक योजना आउँदा छोरीको नाममा ग्राहक बनेको र उपहार पाउने सोच्दै–नसोचेको बताउँदै उपहारमा स्कूटर परेको सुन्दा आश्चर्य र खुशी लागेको बताए।

नेपाल रिपव्लिक मिडियाको बिर्तामोडस्थित बिक्रेता गौरी शंकर पुस्तक पसलका प्रोप्राइटर अर्जुन गिरीलाई प्रोत्साहन स्वरुप ३२ इन्चको एलइडी टेलिभिजन समेत उद्योगपति राउतले हस्तान्तरण गरे । नेपाल रिपव्लिक मिडिया क्षेत्रीय कार्यालयका सकूलेशन एजुकेटिभ तेजेन्द्र दाहालका अनुसार गिरीले ग्राहक योजना अन्तर्गत उत्कृष्ट एजेन्सी भएकाले उक्त प्रोत्साहन उपहार प्रदान गरिएको हो । उनले नेपाल रिपव्लिक मिडियाले पूर्वाञ्चलका ग्राहकहरुका लागि छिट्टै नयाँ ग्राहक योजना ल्याउने तयारी भइरहेको बताए ।

 

 

 

 

प्रकाशित: १८ पुस २०७४ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App