७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

न्युयोर्क- अमेरिकी चलचित्र उद्योग तथा विभिन्न क्षेत्रमा भएको यौन उत्पीडनबारे संघर्ष गर्न तथा समस्यामा परेकाहरूलाई सहयोग गर्न हलिउड क्षेत्रका महिलाहरूले विशेष अभियानको सुरूवात गरेका छन् ।

हलिउड क्षेत्रमा कार्यरत रहेका तीन सयभन्दा बढी अभिनेत्री, निर्देशक, लेखकलगायतका ख्याती प्राप्त व्यक्तित्वहरूले यसबारे अभियान नै सुरू गरिसकेका छन् ।

उक्त अभियानको थालनी गरिएको दी न्युयोर्क टाइम्समा हलिउड क्षेत्रका ख्याती प्राप्त महिलाहरूले विज्ञापन प्रकाशित गरेका थिए । विशेषगरी मनोरञ्जन क्षेत्रका महिलाहरूले सुरू गरेको उक्त अभियानमा अन्य क्षेत्रलाई समेत समावेश गरिने बताइएको छ । उक्त अभियानमा खेलकुद तथा सञ्चार क्षेत्रका महिलाहरूलाई समेत समावेश गरिएको छ ।  

अभियानले यौन उत्पीडनमा परेकाहरूको कानुनी उपचारका लागि समेत कोष खडा गरेको छ ।
अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरुमाथि यौन दुव्र्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा यौन  उत्पीडन गरेको आरोप खेप्ने सार्वजनिक व्यक्तित्वहरुको संख्या बढ्दै गएको छ ।

कलाकारहरु केभिन स्पेसी र डस्टिन हफमेनले यौन उत्पीडनको आरोप लागेपछि माफीसमेत मागिसकेका थिए ।

 नेशनल पब्लिक रेडियो (एनपीआर)का वरिष्ठ सम्पादक माइकल अरेक्सले आफूमाथि महिला सहकर्मीलाई यौन दुव्र्यवहारको आरोप लगाएपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

हलिउड निर्माता हार्वी वाइन्टिनले गरेको उत्पीडन विरुद्ध थुप्रै महिलाहरुले आवाज उठाएपछि पछिल्लो समयमा अन्य महिलाहरुले पनि सामाजिक सञ्जालहरूमा यौन दुव्र्यवहारबारे आवाज उठाइरहेका छन्  ।

बंगलादेशका एक रिक्सा चालकले मुलुकका चर्चित अभिनेता शाकिव खानले आफ्नो फोन नम्बर प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । यसले उनको वैवाहिक जीवनमा समेत खटपट ल्याएको थियो । 

-एजेन्सीको सहयोगमा

प्रकाशित: १८ पुस २०७४ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App