coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सादापनले जितिएको चुनाव

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितले समृद्धि अब रोकेर नरोकिने बताएका छन् । उनी भन्छन्, मलाई गृहमन्त्री वा अर्थमन्त्रीको जिम्मेवारी दिइए, त्यस क्षेत्रको कायापलट गरिदिन्छु ।
चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ?
मोरङ क्षेत्रनम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन् । म असाध्यै खुसी छु । जनता पनि खुसी छन् । विजयी भएको घोषणा भएदेखि लगातार ७ घण्टासम्म म खुसी साट्न जनताकै माझमा थिएँ । बिहान ५ बजेदेखि ११  बजेसम्म अबिर लगाउने र सेल्फी खिचेर जनतास“ग खुसी साटेँ । लगातार ७ घण्टासम्म फोटो–सेसन भइरह्यो । यति लामो खुसीयालीस“गै जनताको विश्वास पनि प्राप्त गरेको छु ।
जितपछि पहिलो प्राथमिकता केलाई दिनुहुन्छ ?
अहिले म सांसद मात्रै हुँ । अरु केही जिम्मेवारी पाइसकेको छैन । संसद्मा गएर थाँतिरहेका धेरै कामहरू पूरा गर्नुछ । यतिबेला संविधान परिस्कृत गर्दै कार्यान्वयनका लागि अगाडि बढाउनु मेरो पहिलो जिम्मेवारी हो । अहिले सांसदका रुपमा रहनेछु । पार्टीबाट थप जिम्मेवारी पाए“ भने जिम्मेवारीअनुसार जनताको सेवा गर्छु । जनतालाई शिरमा राखेर काम गर्छु ।
तपाईंका मुख्य एजेण्डा के–के छन् ?
विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउनु मेरो पहिलो एजेन्डा हो । चुनावमा पनि मैले यही एजेन्डालाई प्राथमिकताका साथ जनता माझ राखेको थिए“ । कागजमा मात्रै सीमित विराटनगर महानगरपालिकालाई वास्तविक महाननगर बनाउनु मेरो अर्को एजेन्डा हो । विराटनगरलाई वृहत्तर महानगरका रुपमा आसपासका क्षेत्रलाई समेटेर अघि बढाउन मेरो भूमिका रहने छ । यस क्षेत्रको सुकुम्बासी समस्या समाधान तेस्रो एजेन्डा हो । क्षेत्र नम्बर ६ मा जनता आवास कार्यक्रममार्फत सुकुुम्बासीले भोग्दै आएका समस्या समाधान गर्नेछु । विराटनगर औद्योगिक नगरी भएकाले यस क्षेत्रमा उद्योगको विकास गर्नु मेरो अर्को एजेन्डा हो । नया“ उद्योग स्थापना हुने वातावरण तयार पारी उद्योगलाई यस क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रुपमा अघि बढाउने छु । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थालेको कामलाई पूरा गर्न कोइरालाले सिलान्यास गरेको भ्यु टावर निर्माण गर्नेछु । विराटनगरलाई  शैक्षिक र स्वास्थ्यको हबका रुपमा अघि बढाउने छु । पूर्वाञ्चल विश्वविद्यालयको बिग्रेको साख फिर्ता गर्न सुधारका काम थाल्नेछु । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्नेछु । यस क्षेत्रको नदी नियन्त्रण, सडक, सिँचाइ, पुल निर्माण लगायतका पूर्वाधारहरूको विकास गर्ने मेरा योजना न् ।
वाम गठबन्धनले जिते विराटनगर राजधानी हुँदैन भन्ने हल्ला छ नि ?
नक्कली कुरा गरेर जनतामा भ्रम पार्नु राम्रो हैन । मतदातालाई अल्मल्याउन यस्ता भ्रामक प्रचार भइरहेको हो । जसले प्रदेशको राजधानी धनकुटा पुुर्याउन चलखेल गरे, जसले विराटनगरलाई महानगर बन्न अवरोध गरे उनीहरूले नक्कली प्रचारमा लागिरहेका छन् । नक्कली कुरा गरेर अर्कालाई दोष थोपार्ने भन्दा आफूू सच्चिन जरुरी छ । ऐतिहासिक आधार, पूर्वाधार विकास र सुुगमताका आधारमा प्रदेश नम्बर १ को विराटनगर नै राजधानीका लागि सबैभन्दा उपयुक्त छ । विराटनगर नै  प्रदेशको राजधानी बन्छ ।
कम्युुनिस्ट खहरे हुन्, कहिलेकाहीँ उर्लन्छन् भन्ने गरिएको छ । के तपाईंले पनि उर्लिएको बेला परेर जित्नुभएको हो ?
जित्नका लागि मात्रै काम गर्ने हैन । साँच्चै काम गर्ने मान्छे हो म । जनतास“ग नजिकिएर जनभावनाबमोजिम काम गर्ने हो भने जनतामा पनि नेताप्रति विश्वास हुन्छ । पदमा पुुगेपछि लुट्ने र चुनावमा लुटाउने दुुवै प्रवृत्तिको विरोधी हुु“ म । मजदुर किसानले दिएको थोरै—थोरै रकम परिचालन गरेर चुनाव जितेको छु । करोडौं खर्च गर्नेको पक्षमा पनि परिणाम छैन । चुनाव जितेर गएपछि जनताको हितमा जनचाहना बमोजिम नै काम गर्नेछु ।  
तपाईंको जितको मुख्य आधार के—के हुन् ?
जितको मुख्य आधार विगतमा जिम्मेवारी पाएको अवसरमा गरेका राम्रा काम नै मुख्य आधार हो । यस अलावा जनतास“ग झुटा वाचा नगर्ने, जे वाचा गरेको छ त्यो पूरा गरेरै छाड्ने र दृढ संकल्पका साथ थालेको काम पूरा गर्ने भएकाले नै मैले चुनाव जितेको हुु“ ।
सामान्य प्रशासन मन्त्री हुँदा डिभी–पिआर काण्डले चर्चामा आउनुभएको थियो । त्यस्तै के चर्चित काम गर्नुहुन्छ ?
भर्खर चुनावको रिजल्ट हुुँदैछ । अहिले नै कुनै जिम्मेवारी पाएको छैन । रिजल्ट आइसकेपछि मात्रै पार्टीभित्र छलफल हुन्छ । पार्टीले जसरी जिम्मेवारी दिन्छ, त्यसपछि मात्रै के काम गर्ने भन्ने निक्र्यौल हुन्छ । पार्टीबाट जिम्मेवारी पाएअनुसार जनताको पक्षमा राम्रा काम गरेर देखाउ“छु । गृहमन्त्री बन्न पाएँ भने ६ महिनामा ५० प्रतिशत अपराध घटाइदिन्छु । राजनीतिक संरक्षणमा रहेका अपराधीलाई जेल चलान गरिदिन्छु । यति गर्न सकिनँ भने मेरो नामै नलिनुस् । अर्थ मन्त्रीको जिम्मेवारी पाए“ भने राजस्व असुुली दोब्बर बनाइदिन्छु । मेरो योजनाअनुसार चल्ने हो भने दस वर्षभित्र रोजगारीका लागि कतार गएकाहरू काम गर्न देशमै फर्कने स्थितिमा देशलाई प¥याइदिन्छु । २० वर्षमा नेपाललाई दातृ राष्ट्र बनाउ“छु । नेपाल प्राकृतिक स्रोत साधनका आधारमा सम्पन्न भएर पनि परिचालनको नेतृत्व गर्नेको अभावले पछि परेको हो । सिंगापुर जस्तो बलौटे देश त संसारकै विकसित देश भएको छ । नेपाल चाहिँ मगन्ते देशको रुपमा रहरिहने स्थिति अब अन्त्य हुनुपर्छ ।
कतारका युवा फर्काउने कुरा गर्नुभयो । कसरी सम्भव होला ?
घरमा भा“डा नमाझ्ने अनि विदेशमा भने भा“डा माझ्दा गर्व महसुस गर्ने प्रवृत्तिले नै हामी पछि परेका छौं । अर्काकोमा जागिर खोजिहिँड्ने प्रवृत्तिको अन्त्य नभई हामी आत्मनिर्भर हुन सक्दैनौं । नया“ उद्यमी, व्यवसायी बनाउन सक्दैनौं । उत्पादन बढाउन सक्दैनौं र रोजगारीसमेत सिर्जना गर्न सक्दैनौं । राम्रो काम गरेर आफू उदाहरणीय बन्ने प्रयास गरे मात्रै अरुले पनि क्रमशः उदाहरणीय काम गर्दै जान्छन् भन्ने सन्देश बोके हुन्छ । जबसम्म उद्यमशीलताको विकास हुँदैन, आर्थिक विकास कल्पना मात्रै हुुन्छ । त्यही भएकाले आफू अरुकोमा काम गर्न जाने हैन, अरुलाई कसरी काम गर्ने भनी सिकाउन सकिन्छ । रोजगारी कसरी दिन सकिन्छ भन्ने चिन्तनसहित काम थाले देशको आर्थिक विकास सम्भव हुन्छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुने भएकाले हाम्रो व्यवहार र प्रवृत्तिमा सुुधार ल्याउन जरुरी छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुुने हो । आफ्नो व्यवहार सुधार्यौं भने हाम्रो उन्नतिलाई कसैले रोक्न सक्दैन ।
व्यवहार सुुधारको कुरा गर्नुभयो । सबैभन्दा विकृति त राजनीतिक नेताहरूमै छ नि ?
हो, सही कुुरा भन्नुभयो । म पहिलोपटक मन्त्री बन्दा एकजना पुराना नेताले नया“ मन्त्री पुरानाको पछिपछि हिँड्नुुपर्छ भनेका थिए । विदेशीबाट ऋण लिएर दुरुपयोग गर्ने प्रवृत्तिले नै समस्या उत्पन्न भइरहेको छ । म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रुपमा लिएर घर परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घरमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउ“मा ऋण लिएर खर्च गर्नु सरासर ठगी सिवाय केही हैन । २०५१ सालमा मन्त्री भएका बेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए । परियोजना के थियो भने नाङ्गा डा“डामा रुख रोप्ने । सुुन्दा कति राम्रो योजना तर मैले अस्वीकृत गरिदिए“ किनभने हेलिकोप्टरबाट पहाडका डा“डामा माटो मिसाएर बिउ छर्ने अनि रुख उमार्ने योजना थियो । कसरी बिउ छरेर बिरुवा उम्रन्छ त भनेर सोधेको थिएँ, ऋण स्वीकृत गर्नुहोस् काम हुन्छ भनेर जवाफ दिए । उम्रे पनि नउम्रे पनि काम देखिएपछि पैसा आइहाल्छ परियोजना ल्याउने व्यक्तिले जवाफ दिएका थिए  । यस्ता खालका योजना स्वीकृत गरेर  देश डुबाउने काम म गर्दिनँ । अहिले पनि थुप्रै बकम्फुसे काम देशभर भइरहेका छन् । यस्ता खाले ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्नु नै अबको चुनौती हो ।

देश बिग्रेकै अनियमितताले हो । कागज मिलाउने र बजेट पचाउने प्रवृत्तिले विकास बजेट खर्च नहुने साधारण खर्च भने चुलिंदै गइरहेको छ । विकासका काम कमसल गर्ने र बारम्बार ठेक्का पारेर एउटै काम वर्षैपिच्छे गरेर पैसा कमाइराख्ने प्रवृत्ति पनि देखिएको छ । यस्ता अनियमितता र विकृति अन्त्य नगरेसम्म देशको विकास हुन सक्दैन ।


विराटनगरमा वर्षौंदेखि विकासका एउटै माग दोहोरिइरहेका छन् । के अब ती माग सुनुवाइ हुन्छन् ?
विराटनगरबासीले मुख्य पा“च वटा विकासका पूर्वाधार निर्माणको माग गरिरहेका छन् । विराटनगर रिङरोड, विमानस्थल विस्तार, रेलमार्ग निर्माण, विशेष आर्थिक क्षेत्र स्थापना र एकीकृत जा“चचौकी निर्माणका मागलाई यहा“का स्थानीयले पटक—पटक उठाइरहेका छन् । यी सबै कामका लागि आवश्यक बजेट व्यवस्था गरी काम अघि बढाउन म प्रयास गर्नेछु । यी सबै योजना चा“डो निर्माण हुनुुपर्छ भन्ने मेरो पनि धारणा हो ।
अन्तिममा जनतालाई के भन्न चाहनहुुन्छ ?
जनताले मलाई विश्वास गरेर मत दिनुभएकोमा आभार व्यक्त गर्दछु । ममाथि जनताले आशा र विश्वास पनि गरेका छन् । जनताको आशा र विश्वास पूरा गर्ने मेरो संकल्प छ । नकारात्मक कम र सकारात्मक बढी सोच्नुस् । परिवर्तन अहिले नै सम्भव छ । अब देश आर्थिक विकास र समृद्धितर्फ अघि बढ्छ ।
 

प्रकाशित: १८ पुस २०७४ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App