coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको वानटेस्ट ट्याक्टर सोमबार राति सडकबाट २५ मिटर तल पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: १८ पुस २०७४ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App