coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार विवादले भाँडियो राप्रपा एकता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार हुने भनिएको एकता अन्तिम समयमा भाँडिएको छ। सरकारमा सहभागिताको विषयलाई लिएर दुवै दलबीच विवाद भएपछि एकीकरण भाँडिएको हो। राप्रपामा यो विषयले विवादको रूप लिएको छ। पूर्वप्रधानमत्री लोकेन्द्रबहादुर चन्द, महामन्त्री बुद्धिमान तामाङसहितका नेताले एक साताभित्र पार्टी एकीकरणलाई अन्तिम रूप दिन दबाबका लागि हस्ताक्षर सुरु गरेका छन्।

'यो अभियानमा ३०–३१ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसक्नुभएको छ, भोलिसम्म बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर अध्यक्षलाई बुझाउनेछौं,' राप्रपाका सहायक महामन्त्री भुवन पाठकले नागरिकसँग भने, 'एक साताभित्र एकीकरणलाई नटुंग्याए त्यसको गम्भीर परिणाम आउनेछ।'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार बिहानै राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालाई सरकार वा पार्टी एकतामध्ये एक छान्न आग्रह गरेका थिए।

राप्रपाले भने सोमबार नै सरकारमा आफ्ना दुई मन्त्रीलाई सरकारमा पठाएको छ। थापाले टि्वट गर्दै भनेका छन्, ‘आज बिहान पशुपति शम्शेरजीलाई मैले भनें– पार्टी एकता र सत्तामध्ये एक छान्नुहोस्। उहाँको छनोटले पार्टी एकताको चाहना राख्ने लाखौं कार्यकर्ता निराश  भए।' उनीहरूले सोमबार साँझै बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।

तीन दिनअघि दुवै पार्टीका अध्यक्षले औपचारिक कार्यक्रम आयोजना गरी मंगलबार एकीकरण गर्ने घोषणा गरेका थिए।

राणाले जारी गरेको विज्ञप्तिमा एकताअघि दुवै दलबीच अन्तरिम विधानमा सहमति आवश्यक भएको उल्लेख थियो।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अन्तरिम विधानबारेमा पार्टी एकीकरणको कार्यक्रम नै रोक्नुपर्ने गरी समस्या नभएको बताए। 'दुवै पार्टीको वार्ता समिति तय गरेको र केन्द्रीय समितिले पारित गरेको आधारमा रहेर पार्टी एकीकरण गर्नुपर्ने हो,' श्रेष्ठले भने।

मंगलबार पार्टी एकीकरणलाई राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो।

प्रकाशित: २५ श्रावण २०७३ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App