coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यास सिलिन्डरमा २५ र हवाई इन्धन लिटरमा तीन रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर एक सय दुई रुपैयाँ, डिजेल र मट्टीतेल ७९ रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकेएल नौ सय डलर पुगेको निगमले जनाएको छ । मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक रुपमा १३ करोड २० लाख रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए । निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । यो मूल्य सोमबार रातिबाटै कार्यान्वनयनमा आएको निगमले जनाएको छ ।

 

प्रकाशित: १८ पुस २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App