८ वैशाख २०८१ शनिबार
खेल

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

इटहरी– अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । सोमबारबाट इटहरी रंगशालाको कर्भडहलमा सुरु भएको च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले महिला ३७ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको खेलमा पुष्पाले नेपालकै अनुजा परियालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । 

अन्तर्राष्ट्यि फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले आयोजना गरेको प्रतियोगिताको पहिलो दिनका अन्य खेलमा महिला ३५ केजी तौलसमूहतर्फ नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जिते । 
पुरुषतर्फ ३३ केजी तौलसमूहमा नेपालका सुजन सिलवालले स्वर्ण जिते । सुजनले नेपालकै रोशन चौधरीलाई पराजित गरेका थिए । 

महिला २९ केजी तौलसमूहमा भारतकी नयना ताराले स्वर्ण जितिन् ।   पुम्सेतर्फ नेपालकी पुनम देवकोटा, सिंहा लिम्बु, सुस्मिता तामाङ, रविन गुरुङ, निशा दर्नालले स्वर्ण जितेको आइओएफटिसीका प्रतियोगिता डाइरेक्टर दिवाकर महर्जनले बताए ।  
च्याम्पियनसिपमा नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशका खेलाडीकोे सहभागिता  छ ।  प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले गरेका थिए । उद्घाटनका क्रममा उनले राजधानी बाहिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुँदा खेलकुदको विकासमा योगदान पुग्ने बताए । 

प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकले पनि जनही २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ८७ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।  ७ सय २१ खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक राष्ट्र राईले बताए । प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदले व्यवस्थापन खर्चस्वरूप ३० लाख रुपैयाँ सहयोग गरेको छ ।  प्रतिस्पर्धामा सहभागी खेलाडीलाई सुविधासम्पन्न होटलमा राख्ने व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित: १८ पुस २०७४ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App