८ वैशाख २०८१ शनिबार
खेल

महिला फुटबलमा एपिएफको २६ गोल

राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा सोमबार मध्यपश्चिमाञ्चलबिरुद्ध बल अगाडि बढाउँदै एपिएफकी सावित्रा भण्डारी (रातो)

काठमाडौं–  राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।
एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपाल आर्मीले पश्चिमाञ्चलाई १२–० ले पराजित गर्दा एपिएफले मध्यपश्चिमाञ्चललाई २६–० ले पराजित गरेको छ ।
एपिएफको जितमा साबित्रा भण्डारीले १२, अनिता केसीले ५, अञ्जली योन्जनले ४, रेखा पौडेलले २ र अनिता बस्नेतले एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा गोल गर्दै एपिएफका लागि खाता खोलेकी सावित्राले १५औं, १७औं, २४औं, ३४औं, ४०औं, ४७औं, ५२औं, ५८औं, ७७औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्र्दै तेहेरो ह्याट्रिक पूरा गरेकी थिइन् ।

अनिताले ११औं, १६औं, ४४औं, ७२ औं र ५१औं मिनेटमा गरी ५ गोल गर्दा अञ्जलीले २९औं, ३९औं, ४९औं, ८८औं मिनेटमा ४ गोल गरिन् । त्यस्तै रेखाले ६५ र ७८ तथा अनिताले १८औं मिनेटमा एक गोल गरे ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा आर्मीको जितमा दीपा राईले ५, कप्तान कृष्णा खत्रीले ह्याट्रिक, इन्दिरा राईले दुई तथा पूजा राना र शर्मिला थापाले समान १/१ गोल गरे ।
२७औं मिनेटमा कृष्णाले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । उनले ४९औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।
दीपाले ४४औं, ६३औं, ६९औं, ७८औं र ८२औं मिनेटमा गोल गरिन् । त्यस्तै इन्दिराले ७२औं र ७५औं मिनेटमा गरी दुई गोल गर्दा पूजाले ३६औं र शर्मिलाले ५४औं मिनेट गरी समान १/१ गोल गरे ।

 

 

प्रकाशित: १८ पुस २०७४ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App