coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बराबरीले बेंगरको उपलब्धि फिका

लन्डन– प्रशिक्षक आर्सेन वेंगरले म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको इङ्लिस प्रिमियर लिगमा सर्वाधिक खेलको कीर्तिमान उछिने पनि आइतबार आर्सनल वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि उनको उपलब्धि सुखद बन्न सकेन ।
वेंगरको प्रशिक्षण आर्सनलले प्रिमियर लिगमा खेलेको यो ८ सयौं ११ खेल हो । सन् १९९६ मा आर्सनलको प्रशिक्षण सम्हालेका वेंगरले फर्गुसनको ८ सय १० खेलको कीर्तिमान तोडेका हुन् । फर्गुसनले सन् १९९२–९३ देखि सन् २०१३ सम्म युनाइटेड प्रशिक्षकका रूपमा सर्वाधिक खेलको कीर्तिमान राखेका थिए । 

८३औं मिनेटमा वेस्ट ब्रोमका जेम्स म्याक्लेनले गरेको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । एलेक्सिस सान्चेजको फ्रि–किक रोक्ने क्रममा बलले म्याक्लेनलाई छुँदै पोस्टको दिशा लिएको थियो । तर अन्तिम एक मिनेट सम्हालिन नसक्दा वेंगरको उपलब्धि केही फिका बनेको थियो । 

जे रोडरिग्वेजले गरेको पेनाल्टी गोलमा वेस्ट ब्रोम खेलमा फर्किएको थियो । आर्सनललका क्यालुम चेम्बरले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि वेस्ट ब्रोमले पेनाल्टीको अवसर पाएको थियो । सुधारिएको प्रदर्शन गरेको वेस्ट ब्रोमले खेलको अधिकांश समय आर्सनललाई दबाबमा राखेको थियो । 

खेलको छैटौं मिनेटमा म्याट फिलिप्सले गरेको प्रहार आर्सनलका गोलकिपरले बचाएपछि वेस्ट ब्रोमले अग्रता लिने मौका खेर फालेको थियो । यस बराबरीपछि २१ खेलको समाप्तिमा ३८ अंक जोडेको आर्सनल पाँचांै स्थानमा यथावत् छ । समान खेलमा १६ अंक जोडेको वेस्ट ब्रोम १९औं स्थानमा छ ।

 

 

 

प्रकाशित: १८ पुस २०७४ ००:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App