coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तुइन चुडिँदा एकको मृत्यु, दुई घाइते

धनगढी (रासस)-  कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ।

घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए।

नदी माथिको तुइन (फेरी) तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ। घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो।

दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफरिस गरिएको छ।
 

 

प्रकाशित: १७ पुस २०७४ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App