८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

नयाँ दिल्ली – भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ। सोमबार संसदीय प्यानलको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतविरुद्ध आतंक फैलाउने र सैनिकमाथिको फायरिंग बन्द नगरेसम्म दुई देशबीच क्रिकेट सिरिजको कुनै सम्भावना नभएको जानकारी दिइन्।

उनले भारत–पाकिस्तानबाहेक अन्य देशमा पनि भारतले नखेल्ने स्पष्ट पारिन्। ‘जबसम्म पाकिस्तान आतंकवादीको सफाया र सीमापार गोलाबारी रोक्दैन् तबसम्म कुनै खेल सम्भव छैन्,’ उनले भनिन।

हिन्दूस्तानबाट छुट्टिएर अलग देशबनेसँगै पाकिस्तानको भारतसँग सम्बन्ध राम्रो छैन। यसको मारमा क्रिकेट पनि परेको छ। यी दुई देशबीच पछिल्लो ५ वर्षयता कुनै खेल हुनसकेको छैन्।

भारत र पाकिस्तानबीच अन्तिम खेल २०१२ मा भएको थियो। भारतमा भएको एकदिवसीय खेलमा पाकिस्तानले जित हासिल गरेको थियो।

 

 

 

 

 

 

प्रकाशित: १७ पुस २०७४ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App