coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँच आइएस आतङ्ककारी मारिए

काबुल- अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स ९ आइएस आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ ।

नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेष बलले गरेको कारबाहीमा आइएसका पाँच आतङ्ककारी मारिएका र अन्य दुई जना घाइते भएका छन् ।

सोमबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान एओडिओसिनिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान सुरक्षा बल र नेटोआबद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ ।  रासस

प्रकाशित: १७ पुस २०७४ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App