८ वैशाख २०८१ शनिबार
राजनीति

बस्न सकेन पार्टी एकता संयोजन समितिको बैठक

शनिबार ओली र दाहालबीच वालकोटमा भएको भेट

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठवन्धन बन्यो। गठवन्धन घोषणाहुँदा दुई पार्टीबीच निर्वाचन पछि एकता हुने समेत घोषणा भयो। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको झण्डै एक महिना पुग्न लाग्दासम्म एकताको प्रक्रिया अघि बढ्न सकेको छैन। एकताको बारे दुई पार्टीका नेताहरुले बेला बेलामा गर्ने टिप्पणीले वाम राजनीति तात्ने गरेको छ।  

पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान अन वान' वार्ता भयो। बुधबार दिउँसो दुई नेताबीच भएको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि त्यो अझै सम्म बस्न सकेको छैन।

पार्टी एकता संयोजन समितिको बैठक एक दुई दिनमै बस्ने माओवादी नेता तथा संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए। 'संयोजन समितिको बैठक एक/दुई दिनमै बस्छ', उनले भने, 'शीर्ष नेताहरुबीच कुराकानी भएपछि बैठक बस्छौं।'

पार्टी एकता संयोजन समितिको बैठक एक दुई दिनमै बस्ने माओवादी नेता तथा संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए। 'संयोजन समितिको बैठक एक/दुई दिनमै बस्छ', उनले भने, 'शीर्ष नेताहरुबीच कुराकानी भएपछि बैठक बस्छौं।'

शनिबार एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचनमा ओली र दाहालले एउटा संशय व्यक्त गरे, 'वाम एकता तोड्ने प्रयास हुँदैछ।' कार्यक्रममा अध्यक्ष ओलीले भने, 'एकतामा ढिलाई भए पनि वाम सरकार बन्छ।'

वुधबारको बैठकमा नेताहरुले १/२ दिनमै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भने पनि त्यो बस्न सकेन। शनिबारसम्म आइपुग्दा नेताहरुको उक्त भनाई सार्वजनिक भयो।

राजनीतिक वातावरण सहज बनाएर एकता प्रक्रियमालाई अघि बढाउनेमा शीर्ष नेताहरु रहेकोले एकता प्रक्रियामा ढिलाई भएको एमालेका एक नेताले बताए।

संयोजन समितिमा दुई पार्टी कै शीर्ष नेताहरु छन्। ओली र दाहाल नै समितिमा भएको र बैठक बोलाउने जिम्मेवारी पनि उनीहरुकै भएको समितिका अन्य सदस्यको बुझाई रहेको छ।

असोज १७ गते सभागृहभा देखिएको भाव निर्वाचन पछि तुरुन्तै पार्टी एकता हुने देखिए पनि घटनाक्रमले यसमा सुस्तता ल्याएका छन्।  पछिल्लो पटक कार्तिकमा वामदेव गौतमको निवासमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो।

प्रकाशित: १७ पुस २०७४ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App