तीन उम्मेदवारले मात्रै बुझाए खर्च विवरण

सोमबार, १७ पुष २०७४, १५ : ०३ नागरिक

89


बैतडी – गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन्। 

निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च विवरण पेश गर्ने उम्मेदवारमा नेपाली काँग्रेसका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, नेकपा एमालेका पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी र प्रदेशसभा ‘क’ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार अर्जुनसिंह मडै छन्। 

तीनैजनाले निर्वाचन आयोगको सीमाभन्दा कम चुनावमा खर्च भएको विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। 

वाणिज्य राज्यमन्त्री चन्दले रु २४ लाख ३६ हजार भण्डारीले रु १७ लाख ४० र मडैले रु ४८ हजार खर्च भएको विवरण पेश गरेका छन्। 

प्रतिनिधिसभा सदस्यका उम्मेदवारले रु २५ लाख तथा प्रदेशसभा सदस्यका उम्मेदवार रु १५ लाखसम्म खर्च गर्न सक्ने निर्वाचन आयोगले सीमा तोकेको थियो। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४)मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए। 

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाले उम्मेदवारी दिएकामा प्रतिनिधिसभामा नेकपा एमालेका नेता तथा पूर्व अर्थराज्यमन्त्री भण्डारी, प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्ट र प्रदेशसभा ‘ख’ मा एमालेका लीलाधर भट्ट विजयी भएका थिए। 

प्रदेशसभामा विजयी उम्मेदवार भट्टद्वयलगायत अन्य सात उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् । 

खर्च विवरण पेश गर्न बाँकी रहेको उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयले सूचित गरेको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित...

‘धडक’को सुखद सुरुआत

‘धडक’को सुखद सुरुआत

शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...