६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा ४० जनाको मृत्यु

नैरोबी- केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

“तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भन्नुभयो । उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिए ।

“घटनास्थलबाट सवै शव निकालिसकिएको छ भने घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ,” उनले थपे ।

त्यसैगरी मेक्सीकोमा तीन ओटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

दक्षिणी मेक्सीकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले शनिबार जनाएका छन् ।

मृत्यु हुने अन्य पाँच जनामा भेनका चालक र उनका सहयोगी रहेका छन् । परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना केटा पनि दुर्घटनामा परी मारिएका छन् ।

घुम्न आएका उनीहरुको गन्तव्यको ठाउँ आउन १५ मिनेट अगाडि दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।रासस
 

प्रकाशित: १७ पुस २०७४ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App