coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खानेपानी समितिमा चरम लापरवाही

जुम्ला – चन्दननाथ–६ की प्रतिभा शाही खलंगा खानेपानी समितिको कार्यप्रति सन्तुष्ट छैनन् । खानेपानी समितिले मार्ग बमोजिमको खानेपानी पुर्याउन नसकेको र बिग्रेको धाराको मर्मत गर्न नसकेको उनको भनाई छ । ‘नियमित आउनुपर्ने पानी दुई सातादेखि आएको छैन् । समितिले खानेपानीको पहुँच पुर्याउन नसक्दा जुगाड खोला र तिला नदीबाट पानी बोक्न बाध्य छौं । त्यसबाहेक मिनिरल वाटरको पानी किनेर काम चलाएका छौं,’उनले भनिन् ।
 झण्डै १ हजार हाराहारीका उपभोक्ताहरु पानी अभावमा बस्न बाध्य भएका छन् । यसता खलंगा खानेपानी समितिका प्रमुख अर्जुन बराल खानेपानीको माग पुरा गर्न नसकेको प्रतिक्रिया दिन्छन् । ‘दैनिक बिहान र साँझ गरेर पानी वितरण गर्ने गरेका छौं । यसबापत प्रत्येक उपभोक्ताले मासिक न्युनतम ८० रुपैंया तिर्ने गरेका छन् । क्षमताभन्दा ठूला खानेपानीको पाईप हालिएको हुँदा पानी अपुग भएको हो,’उनले भने । २०५७ साल देखि चन्दननाथ नगरपालिकाका पन्नबहादुर रोकायाले खलंगा खानेपानीको जिम्मेवारी लिएपनि उपभोक्तालाई पानी दिन सकेका छैनन् ।

प्रकाशित: १७ पुस २०७४ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App