जनादेशलाई औपचारिकता दिन नेम्बाङको जोड

सोमबार, १७ पुष २०७४, ११ : ३५ नागरिक

दमक - नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्ग प्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने बताए ।

झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे । “आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्” नेता नेम्बाङले भने ।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उनले भने “नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।”

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने बताए । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्दै नेम्बाङले भने “त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन । रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad