७ वैशाख २०८१ शुक्रबार
समाज

आँखा दान गर्नेहरुको सम्झना

काठमाडौं- हालसम्म आँखाको नानी दान गरेर अमरत्व प्राप्त गर्नेहरूप्रति नेपाल आँखा बैंक तिलगंगाले सामूहिक श्रद्धान्जली सभा गरेको छ । तिलगंगा अस्पतालम आँखाको नानी दान गरेका परिवारका सदस्य र लिएका सदस्यहरूको उपस्थितिबीच शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
आँखाको नानी दिएर दृष्टिविहीनलाई मृत्युपछि पनि संसार देखाएर अमरत्व प्राप्त गरेकोमा सम्मानस्वरुप श्रद्धान्जली समारोह गरेको अस्पतालले जनाएको छ । सभामा आँखाको नानी दान गरेका परिवारका सदस्यले आपूmले विभिन्न कारणले आफन्त गुमाए पनि उनीहरू आँखा दान गरेकैले जीवित रहेको बताए । केही वर्षअघि श्रीमती गुमाएका कलाकार हरिवंश आचार्यले भने, ‘मीराको आँखा दान गर्ने अवसर पाएँ, ती आँखाका नानीले साना दृष्टिविहीन नानीले दृष्टि पाएको थाहा पाएँ,’ उनले भने ।
गत वर्ष २४ वर्षीय भाइ कृष्ण सुवेदी गुमाएका दाइ हरि सुवेदीले पनि भाइको आँखा दान गरेर पुण्य काम गरेको बताए । ‘भाइलाई झुट्टा आरोप लगाएर मारियो, तैपनि उसको नेत्रदान भएको छ, त्यो आँखाको नानी पाउनेले मेरो भाइको स्वास्थ्य सेवा गर्ने धोको पूरा गरुन्,’ उनले भने । भाइ जनस्वास्थ्यको विद्यार्थी भएकाले आँखा पाउनेले पनि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन सुवेदीले आग्रह गरे ।
ब्रेन ह्यामरेजको कारण छोरा गुमाएकी बाग्लुङकी मनकुमारी जिसीले छोराको आँखा दान गरेपछि छोराले अमरत्व प्राप्त गरेको अनुभव भएको बताइन् । ‘मेरो बाबुको आँखाले कसैले संसार देखिरहनु भएको छ भने मेरो छोराले देख्ने इच्छा पुरा गरिदिएको छ । मलाई मेरो छोराको मृत्यु भएको जस्तो लाग्दैन,’ उनले भनिन् । जिसीले आफ्नो मृत्युपछि पनि कसैलाई केही दिएर जाने सधैं जीवित रहने भएकाले आँखाको नानी दान गरेकाहरू सधैं जीवित रहिरहने बताइन् ।
कार्यक्रममा उपस्थित विभिन्न आँखा अस्पतालका चिकित्सकले नेपालमा आँखाको नानी दान गर्ने चलनको विकास हुँदै गएको र भविष्यमा यो अझै विस्तार हुने बताए । क्षेत्रीय आँखा अस्पताल विराटनगरका निर्देशक डा. सञ्जय सिंहले क्षेत्रीय आँखा अस्पतालले आँखा बैंककै सहयोगको कारण २ सय ३५ जनामा आँखाको नानी प्रत्यारोपण गरेको जानकारी दिए ।
पछिल्लो समय बिपी कोइराला नेत्र अध्ययन प्रतिष्ठान महाराजगन्जले पनि आँखाको नानी संकलनमा सफलता प्राप्तगर्दै गएको जनाएको छ । गत वर्ष मात्र ८ सय वटा आँखाको नानी संकलन यो अस्पतालबाट मात्र भएको जानकारी दिइन् । प्रतिष्ठानकी क्रनिया प्रत्यारोण विभागकी प्रमुख डा. मिनु चौधरीले नेपालमा मृत्युपश्चात गर्न मिल्ने मिर्गौला, आँखा, कलेजो र छाला दान गर्न आग्रह गरिन् । ‘मृत्युपश्चात जलाएर सकिने अंग कसैलाई दिनुभयो भने अर्को मान्छेले जीवन पाउँछ, यो पुण्य काममा सबैको ध्यान जाओस्,’ उनले भनिन् । अमेरिकी आँखा विशेषज्ञ राखिनाटवरले नेपालले आँखा उपचारको क्षेत्रमा सफल भइसकेको बताइन् । आँखा दान गर्नेहरूकै कारण नेपालले सफलता पाउँदै गएको उनले बताइन् ।
समारोहमा नेपाल आँखा बैक तिलगंगाले आँखाको नानी संकलनमा योगदान पु¥याउने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरेको छ ।

प्रकाशित: १७ पुस २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App