coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अब जबज र माओवाद त्याग्नुपर्छ : श्रेष्ठ

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताअघि एमालेसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति हुनुपर्ने बताएका छन् ।     

नयाँ वामपन्थी एकताको सैद्धान्तिक आधारका विषयमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अहिलेसम्म दुवै दलबीच माक्र्सवाद मान्ने, कम्युनिस्ट पार्टी हुने र समाजवादी स्थापनाका लक्ष्यको विषयमा मात्रै सहमति भएको बताए ।
‘पार्टी एकीकरणको विषयलाई लम्ब्याउने पक्षमा छैन तर पार्टी एकताअघि नै सैद्धान्तिक विषयमा आधारभूत रुपमा सहमति गरेर जानुपर्छ,’ श्रेष्ठले भने ।
उनले एमालेले बहुदलीय जनवाद र माओवादी केन्द्रले माओवादलाई ड्रप (स्थगित) गरेर अघि बढ्नसके मात्रै सैद्धान्तिक विषयमा हल निस्कन सक्ने बताए ।
‘ड्रप (स्थगित) गर्ने भनेको गिभअप (छाडेर) अघि बढ्ने विषय भनेको होइन,’ श्रेष्ठले भने, ‘माओवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई ड्रप नगरी एकता हुन्न ।’
एमालेले जबजलाई र माओवादी केन्द्रले माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन् ।
हाल देशले प्राप्त गरेको परिवर्तनमा जनआन्दोलनले मात्रै नभएर माओवादीले दस वर्ष सञ्चालन गरेको सशस्त्र विद्रोहको भूमिका पनि स्वीकार्नुपर्ने बताउँदै श्रेष्ठले भने, ‘तर त्यसले पारेको सकारात्मक र नकारात्मक प्रभाव कस्तो पा¥यो भन्ने बारेमा बहस हुनसक्छ ।’
एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेको नवौं महाधिवेशन र माओवादी केन्द्रको हेटौंडा महाधिवेशनले नेपाली समाजको चरित्रमा परिवर्तन भइसकेको स्वीकार गरेकाले एकीकरणमा त्यसैलाई प्रमुख आधार बनाइने बताए । ‘हेटांैडामा महाधिवेशनमा नेकपा माओवादी सैद्धान्तिक रुपमा जहाँ पुगेको थियो, एमाले पनि नवौं महाधिवेशमा सैद्धान्तिक रुपमा त्यहीं पुगेको छ,’ उनले भने, ‘हामीले गरेको व्याख्याले २००६ मा कम्युनिस्ट पार्टी स्थापना गर्दाको समाजको व्याख्या वा २०४९ सालमा गरिएको व्याख्याभन्दा फरक अवस्थामा पुगेका छौं ।’ तर त्यसपछि यस विषयमा दुवै दलभित्र खासै बहस हुन नसकेको उनले बताए । सैद्धान्तिक विषयमा बहसलाई खुला रूपमा अघि बढाउनुपर्ने बताए ।
‘सैद्धान्तिक बहस नहुने भने एकीकृत पार्टी स्रोत नखुलेको सम्पत्ति प्रयोग गरेर चुनाव जित्ने वापमन्थी दलका रुपमा मात्रै परिणत हुनेछ,’ भुसालले भने ।
विश्लेषक हरि रोकाले उत्पादनका साधनमा सबैका पहुँच पु¥याउन सक्ने गरी एकीकृत पार्टीलाई अघि नबढाउन हो भने चुनाव जित्नका लागि एकता हुने बताए ।
अर्का विश्लेषक श्याम श्रेष्ठले सशस्त्र विद्रोह र संसदीय राजनीतिबाट आएका दुवै दलबीच सम्मिलन कसरी हुन्छ त्यो सबैभन्दा महŒवपूर्ण पक्षमा रहेको बताए ।
असोजमा पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनबाट त्यो प्रक्रिया सुरु भएको जनाएको छ । एमाले र माओवादी केन्द्रको वामपन्थी गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा अत्याधिक बहुमत प्राप्त गरेको छ ।
पछिल्लो समयमा दुवै दलबीच एकता भएपछि नेतृत्वको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा अस्पष्टता रहँदै आएको छ । एमालेका कतिपय नेताहरुले पार्टी र सरकारको नेतृत्व एकै नेताले गर्नुपर्ने बताउँदै आएका छन् भने माओवादी नेताहरुले पद बाँडफाँटको विषयलाई उठाउँदै आएका छन् ।

प्रकाशित: १७ पुस २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App