६ वैशाख २०८१ बिहीबार
राजनीति

४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

काठमाडौं- नाम परिर्वतन गर्न माग राखेका गाउँपालिकामध्ये ४६ गाउँपालिकाको नाम परिर्वतन हुने भएको छ । स्थानीय विकास मन्त्रालयले ४६ गाउँपालिकाको नाम परिर्वतन गर्न गत बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय मन्त्रालयको प्रस्तावलाई पास गर्ने सम्भावना रहेको मन्त्रालयले स्रोतको भनाइ छ । मन्त्रालयमा ५६ गाउँपालिकाको नाम परिर्वतन गर्न प्रस्ताव आएको छ । मन्त्रालयमा आएको प्रस्ताव मध्ये विधि र प्रक्रिया पु¥याएका प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकमा लगिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । मन्त्रालयमा आएको प्रस्तावमध्ये १० प्रस्ताव परिषद्को बैठकमा नलगिएको स्रोतको भनाइ छ ।
स्थानीय शासन सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सकिएको ६ महिना भित्र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको बहुमत सदस्यहरूले नाम परिर्वतन गर्न सक्छन् तर ६ महिनापछि नाम परिर्वतन गर्न दुई तिहाई सख्या आवश्यक पर्ने ऐनको धारा ४ र ५ मा व्यवस्था गरिएको छ । ६ महिनाभित्र नाम परिर्वतन गर्न साधारण बहुमतले पुग्ने भएकाले नाम परिर्वतन गर्न चाहने अधिकाशं गाउँपालिकाले प्रस्ताव पठाएका हुन् । ६ महिना नाघिसकेपछि दुई तिहाई जुटाउनुपर्ने कानुनी बाध्यता छ । स्थानीय विकास मन्त्रालयअन्तर्गत  संघीय मामिला महाशाखाका छवि रिजालले  नाम परिर्वतनका लागि विधि र प्रक्रिया पूरा गरेर आएका  प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पास गरेमा गाउँपालिका तथा नगरपालिकाको  नाम परिर्वतन हुनसक्ने प्रावधान रहेको बताए । स्थानीय प्रतिनिधिलाई नगरपालिका या गाउँपालिकाको नाम आफूखुशी परिवतर्न नगर्न सरकारले निर्देशन गरेको छ । मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि नै नाम परिर्वतन नगर्न मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको स्रोतको भनाइ छ ।
नाम परिवर्तन हुने स्थानीय तह  
नाम परिर्वतनको लागि मन्त्रिपरिषद्को बैठकमा लगिएको प्रस्तावमा सुनसरीको भोकाहा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । नयाँ नाम भोकाहा नरसिहं गाउँपालिका हुनेछ । यसैगरी सुनसरीकै हरिनगरा गाउँपालिकाको नाम परिर्वतन भई हरिनगर गाउँपालिका हुनेछ । यसैगरी मनाङको नाफ्रू गाउँपालिकाको नाम परिवर्तन भइ नार्फाभूमि गाउँपालिका हुनेछ । नाम परिर्वतन गर्न मन्त्रालयमा आएको प्रस्तावमा मुस्ताङको दालमे गाउँपालिकाको नाम परिर्वतन गरी सोधेकर दामोदरकुण्ड गाउँपालिका नाम राख्न प्रस्ताव गरिएको छ । यसैगरी सल्यानको कुमाख मालिकाको गाउँपालिकाको नाम परिर्वतन गरी कुमाख गाउँपालिका तथा मर्मपरिकाँडा गाउँपालिकाको नाम परिवर्तन गरी रागेचौर गाउँपालिका नाम राख्न स्थानीय विकास मन्त्रायमा प्रस्ताव आएको स्रोतको भनाइ छ । यसैगरी रामेछापको लिखु गाउँपालिकाको नाम परिर्वतन गरी लिखुतामाकोसी गाउँपालिका नाम राख्न प्रस्ताव आएकोछ ।
यसैगरी खोटाङको लामिडाँडा गाउँपालिकाको नाम परिर्वतन गरी रावाबेशी गाउँपालिका नाम राख्न मन्त्रालयमा प्रस्ताव आएके छ । यसैगरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम परिवर्तन गरी आमाछेदिङमो गाउँपालिका नाम राख्न स्थानीय विकास मन्त्रालयमा प्रस्ताव आएको स्रोतको भनाइ छ । यसैगरी रौतहटको माधवनारायण गाउँपालिकाको नाम परिवर्तन गरी झाँझ गाउँपालिका नाम राख्न मन्त्रालयमा प्रस्ताव आएको छ । नाम परिर्वतन गर्न मन्त्रालयमा पठाएका गाउँपालिकामध्ये केहीले केन्द्रसमेत परिवर्तन गर्न मन्त्रालयमा पठाएका छन् । बाजुराको हिमाली गाउँपालिकाले आफ्नो केन्द्र परिर्वतन गरी धुलाचौरमा राख्न मन्त्रालयमा प्रस्ताव राखेको छ । हाल हिमाली गाउँपालिकाको केन्द्र बाँधुमा रहेको छ ।
नाम परिर्वतन गर्न विवाद
केही गाउँपालिकामा नाम परिवर्तन गर्ने बारेमा तीब्र विवाद भएको छ । खासगरी रोल्पाको सुवार्णावती गाउँपालिकाको नाम परिवर्तन गर्ने वारेमा रोल्पामा राजनीतिक विवाद देखिएकोछ । माओवादी केन्द्रले रोल्पाको सुवार्णावती गाउँपालिकाको नाम परिर्वतन गरी सहिद सुनिल स्मृति गाउँपालिका नाम राख्न मन्त्रालयमा प्रस्ताव पठाएको छ । सो प्रस्तावलाई नेपाली कांग्रेस समर्थक वडा अध्यक्ष तथा वडासदस्यले कडा विरोध गरेका छन् । सुवर्णावती गाउँपालिकाकी उपाध्यक्ष वागमती थापाले आफ्ना श्रीमान सहिद सुनिल स्मृतिको नामबाट गाउँपालिकाको नाम परिर्वतन गर्न बहुमत सदस्यबाट मन्त्रालयमा प्रस्ताव पठाएकी छन् ।  यसैगरी रोल्पाको सुकीदह गाउँपालिकाको नाम परिर्वतन गर्ने बारेमा पनि तीव्र विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रले सुकीदह गाउँपालिकाको नाम परिर्वतन गरी सहिद गाँगादेवी स्मृति गाउँपालिका राख्न प्रस्ताव गरेको छ । सो प्रस्तावलाई नेपाली कांग्रेस समर्थक वडा अध्यक्ष तथा वडा सदस्यहरूले कडा विरोध जनाएका छन् । 

प्रकाशित: १७ पुस २०७४ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App