coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: नेता सापकोटा

भक्तपुर- नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउबाको राजीनामा माग गरेका छन्। कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नेता सापकोटाको माग छ।

रफत सञ्चार क्लबमा आइतबार भक्तपुरमा आयोजित साक्षात्कारमा  नेता सापकोटाले जनताले वामगठबन्धनलाई नयाँ सरकार गठनका लागी जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको बताए। उनले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्ने बताए। साथै सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने बताए।  बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व दुर्ई पार्टी शीर्ष नेताले स्थायी रुपमै गर्ने उनको भनाई थियो।

प्रकाशित: १६ पुस २०७४ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App