आयोगलाई आफ्नो विवेकले काम गर्न  एमालेको आग्रह

आइतबार, १६ पुष २०७४, १४ : ३८ नागरिक

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताए। 

एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आज यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए। 

“कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ । आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ”, उनले भने, “तर आयोग कसैको दवावमा अहिलेसम्म परिमाण सार्वजनिक नगरेर बसेको छ ।” नेता भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नो विवेकले काम गर्न आग्रह गरे । 

उनले राष्ट्रियसभाको निर्वाचनका लागि पुनः राजनीतिक दलले दर्ता गर्न आवश्यक नभएको विचार पनि राखे। 

वाम पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने धारणा राखे। “अब एकतापछि नेतृत्वको कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन”, उनले थपे, “जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन। वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन्।” 

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भट्टराई जस्ता युवा नेता मुलुकका लागि आवश्यक रहेको र अब युवाले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, इलाका सञ्चार कमिटीका इञ्चार्ज समिर नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायतले सचिव भट्टराईलाई शुभकामना दिएका थिए। कार्यक्रममा गोरखापत्र संस्थानका नवनियुक्त प्रबन्ध सम्पादक श्रीधर आचार्यलाई समेत बधाई ज्ञापन गरिएको थियो । 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad