coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लेखापाललाई थुनेको विरोधमा राैतहटका सबै गाविस बन्द

गौर(रौतहट)– रौतहटको समनपुर गाविसका लेखापाललाई प्रहरीले झुटा मुद्दा लगाई गैर कानुनी थुनामा राखेको भन्दै गाविस सचिव हकहित संरक्षण समितिको अह्वानमा जिल्लाको सम्पूर्ण गाविसको कामकाज दुई दिनदेखि बन्द गरेका छन्।

मंगलबार गाविसमा खुला दिशामुक्त घोषण गर्नको लागि बसेको बैठकमा महिला समुहले गाविसको कर्मचारीमाथि हुल हुज्जत गर्न थालेपछि दुवैपक्षवीच झडप भएको थियो । झडपमा स्थानीय रामसखी देवी घाइते भएकी थिइन्।  

सोही आरोममा गाविसका लेखापाल कामेश्वर सहनीलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएर थुनामा राखेकोविरुद्ध गाविस सचिव हकहित संरक्षण समितिले तत्काल रिहाइको माग गर्दै गाविसको कामकाज बन्द गर्दै मंगलबारदेखि कार्यालयको छाप र कलम जिल्ला विकास समितिमा बुझाउने ६ बँुदे निर्णयसहति आन्दोलित भएका छन्।

जिल्ला विकास समितिको सभाकक्षमा गाविस सचिव हक हित संरक्षण समितिका संयोजक शिवपुजन यादवको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल सरकारको नीतिअनुसार गाविसहरुलाई खुला दिशामुक्त घोषण गरी रोगमुक्त बनाउने अभियानको क्रममा भिवाससिसिको बैठकमा महिलाहरुको हुलले कर्मचारी उपर आक्रमण हुँदा प्रहरी प्रशासनबाट उल्टै कर्मचारीलाई समातेर मुद्दा चलाएको कार्य शैलीप्रति हामी विवश भएर कामकाज बन्द गरी भोलि कार्यालयको छाप र कलम स्थानीय विकास अधिकारीलाई बुझाएर प्रदर्शनमा उत्रने निर्णय गर्न बाध्य भएको गाविस सचिव हक हित संरक्षण समितिका संयोजक शिवपुजन यादवले बताए।

बैठकमा गाविसको कामकाज बन्दलाई निरन्तरता दिने, सघर्ष समिति गठन गर्ने, जिल्ला विकास समितिमा धर्ना दिने, संघर्षको कार्य तालिका बनाउने, लगायतका विभिन्न निर्णयहरु भएको संयोजक यादवले बताए । स्थानीय निकाय बन्द अवधी भरीमा कुनै कर्मचारीले कामकाजको सिफारिस गरेको पाइएमा सो सम्बन्धी गठित अनुगमन समितिले तत्कालै उक्त कर्मचारीलाई ५१ सय रुपैया जरिवाना गर्ने समेत निर्णय भएकोे संयोजक यादवले जानकारी दिए ।

प्रहरीले छ दिनदेखी लेखापाललाई हिरासतमा राखेका छन । समनपुर गाविसका स्थानीयले सदरमुकाम गौरमा प्रर्दशन गरेका छन । घाइते महिला पक्ष र लेखापाल पक्षले सदरमुकाम गौरभरी प्रदर्शन गरेका छन । महिला कुटिएको निहुमा एक पक्षले गाविस कर्मचारी लगायत अन्य दोषिलाई कार्यवाहीको मागगर्दै भाग्यनारायण तिवारीको नेतृत्वमा प्रर्दशन गरेका छन । यस्तै गाविस कर्मचारीले सरकारी कामकाज गर्ने शिलशिलामा महिलाहरु जवरजस्ति गर्दै उल्टै गाविस कर्मचारीलाई नै दुव्र्यवहार गरेको भन्दै समनपुर उदोग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठको नेतृत्वमा सरदमुकाम गौर भरी प्रर्दशन गर्दै कर्मचारी छुटाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी वरालले दुवै पक्षलाई राखेर छलफल गराउने वातावरण भइरहेको र दोषिमाथि कार्यवाही अगाडी बढाएको बताए।

 

प्रकाशित: २४ श्रावण २०७३ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App