नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुक अब १५६

आइतबार, १६ पुष २०७४, ०८ : ३९ नागरिक

काठमाडौँ– अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ । 

राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र संघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले न्यूयोर्कस्थित नेपालको स्थायी नियोगमा यससम्बन्धी एक संयुक्त वक्तव्यमा शुक्रवार हस्ताक्षर गरेका छन् ।

पहिले अपर भोल्टा भनेर चिनिने यो मुलुकको नाम सन् १९८४ मा बुर्किना फासो राखिएको हो जसको अर्थ ‘इमान्दार जनताको भूमि’ भन्ने हुन्छ । कूल दुई लाख ७४ हजार २०० वर्गकिमीमा फैलिएको र एक करोड ७० लाख जनसंख्या रहेको यो भूपरिवेष्टित मुलुक हो । यसको राजधानी औगादुगो हो ।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यसबारे जानकारी दिँदै लेखिएको एक संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको राष्ट्र संघस्थित नेपाली नियोगले जनाएको छ । सो अवसरमा आगामी दिनमा दुई मुलुकबीच आपसी सहयोग थप सुदृढ गर्दै लैजाने विभिन्न उपायका बारेमा विचार आदानप्रदान भएको थियो । यसअघि नै दुवै मुलुकले राष्ट्रसंघमा र अन्य बहुपक्षीय मञ्चहरुमा निकट रहेर काम गर्दै आएका छन् । 

पहिले अपर भोल्टा भनेर चिनिने यो मुलुकको नाम सन् १९८४ मा बुर्किना फासो राखिएको हो जसको अर्थ ‘इमान्दार जनताको भूमि’ भन्ने हुन्छ । कूल दुई लाख ७४ हजार २०० वर्गकिमीमा फैलिएको र एक करोड ७० लाख जनसंख्या रहेको यो भूपरिवेष्टित मुलुक हो । यसको राजधानी औगादुगो हो । सन् १९६० अगष्ट ५ मा फ्रान्सबाट स्वतन्त्र भएको यो मुलुकले सोही वर्ष सेप्टेम्बर २० मा राष्ट्रसंघको सदस्यता लिएको थियो । अल्पविकसित दुवै राष्ट्र जी–७७ का साथै असंलग्न आन्दोलनमा सदस्य छन् । (रासस)








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad