coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन्। राप्रपा र नेकपा संयुक्तलाई उनले सरकारमा सहभागि गराएका हुन्। राप्रपाको तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, संसदीय दलका उपनेता विक्रम पाण्डे एवं नेकपा संयुक्तका नेता जयदेव जोशीले सोमबार साँझ  पद तथा गोपनियताको सपथ लिए। तीनै जनाको मन्त्रालय भने तोक्न बाँकी रहेको छ।

बोहोरालाई अापूर्ति मन्त्रालयको जिम्मेवारी र पाण्डेलाई भूमि सुधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए।

पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ सदस्यीय थियो। दाहालले राप्रपाका ३ मन्त्री थपेसँगै मन्त्रिपरिषद ९ सदस्यीय भएको छ।

प्रकाशित: २४ श्रावण २०७३ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App