८ वैशाख २०८१ शनिबार
कला

वैशाखमा आउँदै लाउरे

काठमाडौं– पप गायक नरेन लिम्बूको अभिनयमा डेब्यु रहेको फिल्म ‘लाहुरे’ले प्रदर्शन मिति घोषणा गरेको छ ।  दुर्गिस फिल्मसको ब्यानरमा निर्माण भएको पाँचौं फिल्म ‘लाहुरे’ आगामी नयाँ वर्षको छेको पारेर वैशाख २८ मा रिलिज हुने भएको छ ।

विक्रमसिंह थारुको डेब्यु निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, नरेन लिम्बू र मिरुना मगर प्रमुख भूमिकामा छन् । निगम श्रेष्ठले निर्देशन गरेको फिल्म निर्मातासँगको विवादमा परेको थियो । केही प्रतिशत बाँकी हुँदा निगमले फिल्म छाडेपछि बाँकी काम बिक्रमले सम्पन्न गरेका थिए ।

फिल्म निर्माण कम्पनी दुर्गिस फिल्मसले नयाँ फिल्मको व्यवसायिक र कलात्मक पाटोले दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरेको छ । ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ,’ निर्माता रावलले भने, ‘मेरो अहिलेसम्मको फिल्म युवापुस्ता केन्द्रित छ । त्यो क्रेजलाई मैले लाउरेमा पनि छोडेको छैन ।’

फिल्म  रावल,  इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणि श्रेष्ठ मिलेर  निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन् । दुर्गिस फिल्मसले यसअघि ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न’ र ‘सायद २’ निर्माण गरिसकेको छ । दुर्गिसले रक गायक एड्रिन प्रधानको डेब्यु एवं मुख्य अभिनय रहने ‘उलन म्यानी’ निर्माणको घोषणा गरिसकेको छ जुन चाँडै छायांकनमा जाने बताइएको छ ।

 

प्रकाशित: १६ पुस २०७४ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App