coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिंह र सुनुवारलाई स्वर्ण

काठमाडौं– मध्यमाञ्चलका अरहान्तकेशर सिंह र भावना सुनुवारले शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत दशौंं राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन् । 

सातदोबाटोस्थित लन टेनिस कोर्टमा सम्पन्न पुरुष एकलको फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापामगरलाई ८–११, ११–९, ११–५, ११–७ को सेटमा हराएका हुन् । मध्यमाञ्चलका चिरी लामा र राजेन्द्र शाक्यले तेस्रो स्थान हात पारे । अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते । अरहान्तसँगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको हो ।

महिला फाइनलमा भावनाले पश्चिमाञ्चलकै कृष्णा थापालाई ११–६, ११–६, ६–११, ११–७ को सेटमा हराइन् । मध्यमाञ्चलकै विपना ब्लोन र स्वस्थानी श्रेष्ठ तेस्रो स्थानमा रहे । ३२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा भिडन्त भएको थियो ।

 

प्रकाशित: १६ पुस २०७४ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App